कथित बोक्सी आरोप घटनामा दोषी ठहर गर्दै एक वर्ष कैदको फैसला
२६ वर्षीया महिलालाई कथित बोक्सी आरोप लगाएको घटनामा दोषी ठहर गर्दै जिल्ला अदालतले तुलसीपुर उप–महानगरपालिका– ५ का ३२ वर्षीय देवबहादुर परियारलाई एक वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले कात्तिक २९ गते परियारलाई दोषी ठहर गर्दै एक वर्ष कैद १० हजार रुपियाँ जरिबाना र २० हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध गराउने फैसला गरेको श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
पीडितलाई आरोपितले ०७७ कात्तिक १४ गते बोक्सी आरोप लगाएको भन्दै पीडित पक्षले ०७७ कात्तिक १५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई कात्तिक १५ गते गिरफ्तार मुद्दा चलाएको थियो ।
जयनारायण पुन
सम्बन्धित समाचारहरू
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार
भानु नगरपालिका–१ नयाँबस्तीकी ३२ वर्षीया चिजा गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय विक्रम गन्धर्वलाई असार १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार १७ गते साँझ कुटपिट…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केपिलासगढी गाउँपालिका—४ वाक्सीलाका ६१ वर्षीय लाल थापा मागरलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते यौन…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…