कथित बोक्सी आरोपमा महिलालाई तातो फलामले डामेर दुर्व्यवहार, आरोपितविरूद्ध उजुरी
लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँकी २६ वर्षीया सरिता दर्जीलाई कथित बोक्सीले दुःख दिएकाले बोक्सी निकाल्ने भन्दै तातो फलामले गालामा डामेको आरोपमा असार ५ गते ओखलढुङ्गाको लिखु गाउँपालिका-२ रगनीका ३५ वर्षीय आफूलाई धामी बताउने रविन्द्र नेवारविरूद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता भएको छ ।
पीडित महिलालाई आरोपितले कथिते बोक्सी निकाल्ने भन्दै तातो फलामले गालामा डामिदिएपछि पीडित महिलाले असार ५ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिएकी हुन् ।
घटना विवरण अनुसार पेटको रोगको समस्या भएकी ती महिला उपचारका लागि काठमाडौँ गएकी थिइन् । काठमाडौँमा उनका नन्देभाइ नाता पर्ने नेवारले यो धामीले निको पार्ने रोग हो भन्दै आफूसँगै काठमाडौँबाट धामी बस्ने भनेर बिरामीलाई घरमा लिएर आएका थिए ।
उनकै घरमा जेठ २४ गते धामी बस्ने क्रममा उनले बिरामीलाई बोक्सीले दुःख दिएको भन्दै बोक्सी निकाल्ने भनेर सिस्नो पानी लगाउनुको साथै तातो फलामले डामिदिएको पीडित पक्षको आरोप छ ।
पीडित महिलाको गालामा डाम बसेको छ । घटनाका मुख्य आरोपित नेवारलाई प्रहरीले असार ५ गते काठमाडौँबाट गिरफ्तार गरेको छ ।
घटनामा सहयोग गरेको आरोपमा नेवारकी ३३ वर्षीया पत्नी जानुका दर्जी, स्थानीय ३५ वर्षीय दीपक दर्जी, राजन पौडेल र गोहित सार्कीलाई असार ४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजकुमार थापाले जानकारी दिए ।
नवराज पथिक
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा निजका ३० वर्षीय काकालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८१ भदौ २८ गते गिरफ्तार गरेको छ। आरोपितले भदौ २८ गते बलात्कार गरेकाे भन्दै पीडितले सोहि दिन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित चन्द्रपुर नगरपालिका-१० का २८ वर्षीय दिनेश सहनीलाई ०८१ भदौ २७ गते इलाका प्रहरी कार्यालय चपुरले गिरफ्तार गरेको छ। आरोपित सहनिले ०८१…
बालिका कुटपिट कसुरमा तीन महिना कैद सजायको फैसला
उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईलाई ३…
बलात्कार गरेको कसुरमा कैदको फैसला
७५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भदौ ३० गते खनियाबास गाउँपालिका-५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला गरेको छ । न्यायधीश गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद…
बलात्कार गरेको ठहर गर्दै ८ वर्ष ८ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ ३१ गते ८ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बालकलाई ८…