कथित बोक्सी आरोपमा कैद सजायको फैसला
मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया महिलालाई कथित बोक्सी आरोपमा आगोको भुङ्रोले पोलि दिएको कसुरमा जिल्ला अदालतले सोही ठाउँका ५० वर्षीय दीपक विश्वकर्मा, २७ वर्षीया मुना विश्वकर्मा र १७ वर्षीया नाबालिकालाई कसुर ठहर गर्दै कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश टिकाराम आचार्यको ०७९ माघ १५ गतेको इजलासले आरोपितहरुलाई कसुर ठहर गरेको थियो ।
न्यायाधीश आचार्यको ०७९ माघ २२ गते सजाय निर्धारण अनुसार दीपक विश्वकर्मालाई ६ वर्ष कैद र ६० हजार रुपियाँ जरिबाना,मीना विश्वकर्मालाई ५ वर्ष कैद र ५० हजार रुपियाँ जरिबाना साथै पीडितले पाउने गरी ६० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार नविन खनालले बताउनु भयो ।
बालिकाको हकमा उसलाई वा उसको अभिभावकलाई उपस्थित गराई निजको वास्तविक अवस्था बुझी बाँकी कारबाही प्रक्रिया अघि बढाउने फैसला भएको श्रेस्तेदार खनालले बताउनु भयो ।
फैसलामा ३० हजार दीपकले, १५ हजार मुना र १५ हजार स्थानीय तहले व्यहोर्नुपर्ने फैसला गरिएको छ ।
बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ को दफा (१२) २ मा उल्लेख भएको व्यवस्था अनुसार सम्बन्धित स्थानीय तहले १५ हजार रुपियाँ व्यहोर्नुपर्ने फैसला भएको अदालतका श्रेस्तेदार तथा सूचना अधिकारी नविन खनालले बताउनु भयो ।
०७५ वैशाख ८ गते दीपक विश्वकर्माकी छोरी आफ्नो कारणले बिरामी परेको भन्दै कथित बोक्सीको आरोप लगाउँदै आफ्नै घरमा बसिरहेको अवस्थामा आएर आगोको भुङ्रो शरीरमा दीपक विश्वकर्माले भेलामै तलाई बोक्सी प्रमाणित गरेरै छाड्छु भनी सामाजिक मान प्रतिष्ठामा आँच आउने काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा ०७५ वैशाख ११ गते पीडित पक्षले उजुरी दिएको थियो ।
आरोपित सबैलाई प्रहरीले वैशाख १३ गते घरबाटै गिरफ्तार गरेको थियो ।
प्रहरीले वैशाख १३ गते मुद्दा दर्ता गरी कारवाही अघि बढाएको थियो । जिल्ला अदालतमा ०७५ साउन १ गते बोक्सीको आरोप शीर्षकमा मुद्दा दर्ता भएकोमा आरोपित फरार रहेकोले तत्कालीन न्यायाधीश कैलाश केजीको इजलासबाट मुद्दा मुल्तबीमा थियो ।
मुद्दा मुल्तबीमा गएको ३ वर्ष पुगेसँगै ०७९ असोज २७ गते पुनः मुद्दा दर्ता गरिएको थियो । न्यायाधिश आचार्यको इजलासले बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ को दफा (३) १ (छ) बमोजिम कसुर ठहर गर्दै सजाय सुनाएको हो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७५ माघ १० गते गरिएको थियो ।
सरस्वती बानिया
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…