कथित बोक्सी आरोपमा अमानवीय व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
शम्भुनाथ नपा-१० रामपुर जमुवाकी ५२ वर्षीया सुकुन्तीदेवी साहलाई कथित बोक्सीको आरोपमा प्रहरीले अमानवीय व्यवहार गरेको घटनाका आरोपित सोही ठाउँका ३० वर्षीय कमल सदालाई माघ ३ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
शम्भुनाथ नपा-१० रामपुर जमुवाका बुधन सदाको पाँच वर्षीया छोरीको पखालाका कारण ०७१ कात्तिक १४ गते मृत्यु भएकोमा टुनामुना गरी पीडितले मारेको भन्दै आरोपितहरूले सोही दिन कुटपिट गर्दै माटोको भाँडामा आगोको भुङ्ग्रो राखी सकुन्तीको मुखमा तीन पटक झोसेका थिए । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार गरिएको थियो ।
घटनामा संलग्न धामी भारत विहार मधुवनीको खुटौनास्थित जोखी पिपराहीकी ४० वर्षीया रञ्जना सदा, रञ्जनाका भिनाजु शम्भुनाथ नपा-१० रामपुर जमुवाका ५० वर्षीय कृष्णदेव सदा, उनकी ४५ वर्षीया पत्नी रेणु सदा र ३० वर्षीय छिमेकी देवनारायण सदालाई प्रहरीले ०७१ कात्तिक १५ गते गिरफ्तार गरेको थियो ।
जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले ०७१ मङ्सिर ९ गते धामी रञ्जनालाई थुनामा तथा कृष्णदेव, रेणु र देवनारायणसँग जनही १७ हजार रुपियाँ धरौटी लिई तारेखमा रिहा गरेको थियो ।
न्यायाधीश पोखरेलकै इजलाशले ०७१ चैत २२ गते रञ्जनालाई सात महिना कैद र १० हजार रुपियाँ जरिबाना तथा कृष्णदेव, रेणु र देवनारायणलाई जनही चार महिना कैद र ७ हजार रुपियाँ जरिबानाको फैसला गरेको थियो । अदालतले फरार रहेका कमलका हकमा भने मुद्दा मुल्तवी राखेको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…