कथित बोक्सी आरोपमा अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी
कथित बोक्सीको आरोपमा अभद्र ब्यवहार गरेको भन्दै चौतारा साँगाचोकगढी नपा-१ स्थित स्याउलेकी ४२ वर्षीया रसमाया तामाङले सोही ठाउँका ४० वर्षीय तोकबहादुर तामाङविरुद्ध भदौ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
पीडित महिलालाई आरोपितले भदौ ६ गते दिउँसो स्थानीय खर्कमा कथित बोक्सीको आरोप लगाउँदै खुर्पा देखाएर ज्यान मार्ने धम्की दिएको आरोप छ ।
पीडित महिलाले भदौ ६ गते बेलुका स्थानीय मेलमिलाप केन्द्रमासमेत निवेदन दिएको र सो केन्द्रमा छलफल हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय आउनुपरेको बताइन् । आरोपितलाई गिरफ्तार गर्न प्रहरी टोली घटनास्थलतर्फगएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…