कथित बोक्सी आरोपमा अभक्ष कोच्याउने घटनाका आरोपित गिरफ्तार
५५ वर्षीया महिलालाई कथित बोक्सीको आरोपमा कुटपिट गरी अभक्ष कोच्याउनेलाई प्रहरीले फागुन ३ गते गिरफ्तार गरेको छ ।
कथित बोक्सी आरोपमा कुटपिट गरी अभक्ष कोच्याउने बुढीगङ्गा गाउँपालिका-७ की ५० वर्षीया पारो माझीलाई अनुसन्धानका लागि ०८० फागुन ३ गते बुढीगङ्गा गाउँपालिका-७ बाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
आरोपितको घरमा अष्टजामको पुजा आयोजना गरिएको र सो पुजामा बालिएको ‘दीयो’ हराएपछि पारो माझीले बुढीगङ्गा गाउँपालिका-७ की ५५ वर्षीया महिलालाई कथित बोक्सीको आरोपमा फागुन ३ गते कुटपिट गरी अभक्ष खुवाएको सूचनापछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो ।
धाँमीझाक्रीको काम गर्दै आएकी आरोपितले बोक्सीले दीयो चोरेको भन्दै कुटपिट गरी अभक्ष कोच्याएको डिएसपी दाहालले बताउनु भयो ।
आरोपितविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय, हरैँचामा फागुन ३ गते किटानी उजुरी दिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहालले आरोपितविरुद्ध प्रहरीले बोक्सी आरोप मुद्दामा अनुसन्धान सुरु बताउनु भएको छ ।
विनोद सुवेदी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…