कथित बोक्सीको आरोप लगाएको भन्दै प्रहरीमा उजुरी

  ०७३ भदौ १५ गते

चौतारा नपा-४ स्थित कप्तानपाटी की ६० वर्षीया एक महिलाले कथित बोक्सीको आरोप लगाएको भन्दै सोही ठाउँकी ५६ वर्षीया तुलसीमायाँ कपाली र ५९ वर्षीया हरीमायाँ कपालीविरूद्ध भदौ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन् ।

आरोपितहरूले भदौ १३ गते दिउँसो कथित बोक्सीको आरोप लगाएर आक्रमण गर्ने प्रयास गरेको पीडित महिलाको आरोप छ ।

आरोपितहरूलाई अनुसन्धानका लागि गिरफ्तार गर्न प्रहरीको टोली घटनास्थलमा खटाइएको जिल्ला प्रहरी कार्यालय स्थित महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख विशेश्वर पाण्डेले बताए । पाण्डेका अनुसार आफ्नै घरमा बसेर घरायसी काम गरिरहेको अवस्थामा आरोपितहरूले कथित बोक्सीको आरोप लगाएर अपमान गरेको भन्ने पीडितको भनाई रहेको छ ।


नातिबावु धिताल