कथित बोक्सीको आरोप लगाएको भन्दै प्रहरीमा दिएको उजुरी दर्ता नगरेको पीडितको आरोप
राजविराज नपा–६ की एकल महिला ४२ वर्षीया कविता मिश्रालाई छिमेकी ५८ वर्षीय रामकुमार यादव, उनका छोराहरू २७ वर्षीय रमेशकुमार यादव, २५ वर्षीय राजेशकुमार यादव, २३ वर्षीय उमेशकुमार यादव, रामकुमारका भाइ ५० वर्षीय रामअधिन यादव र पत्नी ४० वर्षीया पञ्चीदेवी यादवले कथित बोक्सी भन्दै घर कोठाभित्र प्रवेश गरी आफू र छोरीहरूलाई कुटपिट गरेको भनी दिएको उजुरी जिल्ला प्रहरी कार्यालय सप्तरीले एक सातासम्म पनि पनि दर्ता नगरेको पीडितले आरोप लगाएकी छिन् ।
भिडियो रेकर्ड, घाउजाँच प्रतिवेदन, जिल्ला सरकारी वकिल कार्यालयको पत्रसहित प्रत्यक्षदर्शी छिमेकीहरू लिएर जिल्ला प्रहरी कार्यालय गए पनि उजुरी दर्ता नगरेको पीडितले आरोप लगाएकी छन् ।
प्रहरीले पीडितको उजुरी दर्ता वा दरपिठ नगरेकाले जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले कात्तिक २५ गते मुलुकी फौजदारी कार्यविधि (संहीता) २०७४ को दफा ५ (२) बमोजिम पीडितको उजुरी जिल्ला प्रहरी कार्यालय सप्तरी पठाएको सहायक जिल्ला न्यायाधिवक्ता सुदर्शन निरौलाले बताए ।
‘आफ्नो पति पनि खायो र मेरो पत्नी पनि खायो’ भन्दै आरोपित रामकुमारसहित उनका घरपरिवारका सदस्यहरूले कात्तिक ११ गते घरकोठा भित्र प्रवेश गरी आफू र छोरीहरूलाई कुटपिट गरेको तथा कात्तिक १३ गते ‘बोक्सी कता छ ?’ भन्दै घरभित्र प्रवेश गरेर रक्ताम्य हुने गरी कुटपिट गरेको पीडितले बताइन् ।
आरोपित रामकुमारले आफ्नो घरमा रोपिएको सिमी, घिरौँला, लौकाको विरुवाहरू उखेलेको विषयमा विवाद हुँदा दुवै तर्फबाट गालीगलौज र हातपात भएपनि कथित बोक्सी भनेर अमानवीय व्यवहार नगरेको बताए ।
पीडितले भने असोज १७ गते मृत्यु भएकी रामकुमारकी ५७ वर्षीया पत्नी फुलकुमारीलाई ‘बोक्सी’ लगाई हत्या गरेको भन्दै आरोपितहरूले गालीगलौज र कुटपिट गरेको आरोप लगाइन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाइले बोटविरुवा उखेलिएको विषयमा दुवै तर्फबाट गालीगलौज, कुटपिट भएकाले दुवै पक्षबाट उजुरी आएको बताए । कथित बोक्सीको आरोपसहितको उजुरी सत्य नभएकाले दर्ता गर्न नसकिने एसपी प्रसाइले बताए ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उमनपा–३ का नौ वर्षीय भुवन केसीलाई भरुवा बन्दुकले गोली प्रहार गरी हत्या गरेको आरोपमा १० वर्षीय दाजु र ६२ वर्षीय हजुरबुबा भुविन्द्र खत्रीलाई प्रहरीले ०८१ माघ २६ गते गिरफ्तार…
१५ शैया अस्पताल अलपत्रः निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सञ्चालन विहिन अवस्था !
जिल्लाका स्थानीय तह स्तरमा निर्माण भएका १५ शैयाका अस्पताल अलपत्र अवस्थामा रहेका छन् । निर्माण कार्य सम्पन्न भएको दुई वर्ष बित्दा पनि अस्पताल सञ्चालन विहिन अवस्था देख्दा स्थानीयहरू निरास हुँदै…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा सहिद नगर नगरपालिका-१ का २२ वर्षीय धिरेन्द्र मण्डल विरुद्ध ०८१ माघ २४ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय, यदुकुहामा उजुरी दिनुभएको छ । पीडित…
यौन दुर्व्यवहार कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले साकेला गाउँपालिका-२ रतन्छाका ७६ वर्षीय मदन राईलाई दुई वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद…
बलात्कार कसुरमा १२ वर्ष कैद सजाय
१२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४२ वर्षीय बुबालाई ०८१ माघ २४ गते जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश शम्भु रेग्मिको इजलासले…