कथित बोक्सीको आरोप लगाउने विरूद्ध प्रहरीमा उजुरी

  ०८० जेठ २६ गते

४६ वर्षीया बुहारीलाई कथित बोक्सी आरोप लगाउने ५५ वर्षीय ससुराविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिनु भएको छ ।

सगोलमा परिवारसँग बस्दै आएका ससुराले पटकपटक बोक्सी भन्दै गालीगलौच गरेको र अन्तिम पटक ०८० जेठ २१ गते बोक्सीलाई अभक्ष खुवाउँछु भनेर धम्की दिएपछि आरोपितविरुद्ध प्रहरीमा जेठ २५ गते उजुरी दिएको पीडितका २२ वर्षीय छोराले बताउनु भयो ।

पटकपटक बोक्सी आरोप लगाएपछि छिमेकीहरुको सहयोगमा चानुवा प्रहरी चौकीमा निवेदन दिन खोजेपनि प्रहरीले मिलापत्र गर्न वा जिल्ला प्रहरी कार्यालय जान भनेपछि २२ वर्षीय छोरालाई धनकुटा, सदरमुकाम पठाएर निवेदन दर्ता गराएको बताउँनु भयो ।

पीडितले प्रहरी कार्यालयमा जानु अघि महालक्ष्मी नगरपालिका–३ का वडाध्यक्ष रामचन्द्र थापालाई मौखिक उजुरी दिएपनि वडाध्यक्षले मिलापत्र गर्न दबाब दिएको पीडितका २२ वर्षीय छोराले बताउनु भयो ।

वडाध्यक्ष थापाले आफ्नो अधिकार बाहिरको कुरा भएकोले आफूले मिलापत्र गर्ने भए वडामा आउनु नभए प्रहरीमा उजुरी दिन भनेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयले उजुरी आएकोले कानुन अनुसार प्रहरीले अनुसन्धान गर्ने र आरोपितलाई गिरफ्तार गर्ने एसपी कृष्णप्रसाद कोइरालाले बताउनु भएको छ ।


इश्वर थापा