कथित बोक्सीको आरोप लगाइएको घटनाका आरोपित गिरफ्तार
भगवतीमाई गाउँपालिका–५ घरभई हाल खाँडाचक्र नपा–१ निवासी २५ वर्षीया गिता जैसी शाहीलाई कथित बोक्सीको आरोप लगाई धम्की दिएको आरोपमा उनका ३१ वर्षीय पति दानबहादुर शाहीलाई प्रहरीले भदौ १३ गते गिरफ्तार गरेको छ ।
पीडितले कथित बोक्सीको आरोप लगाएको भन्दै भदौ १० गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले जिल्ला सदरमुकाम मान्मस्थित घरबाट गिरफ्तार गरेको हो ।
पीडितलाई आरोपितले सामाजिक सञ्जाल म्यासेन्जरमार्फत कथित बोक्सी लागेर आफ्नी जेठी पत्नीलाई मार्न लागेको आरोप लगाउनुका साथै गाली बेइज्जत, मार्ने धम्कीसमेत दिएको पीडितले आरोप लगाउनु भएको थियो ।
आरोपितलाई कानूनी प्रकृया अनुसार गिरफ्तार गरि अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुवराज बमले बताउनु भयो ।
एक वर्षदेखि पतिले घर निकाला गरेपछि जिल्ला सदरमुकाम मान्ममा विस्थापित अवस्थामा रहेकी पीडित कानूनी प्रक्रियामा जान समस्या भइरहेको भन्दै सहयोगका लागि इन्सेकलाई अनुरोध गर्नु भएको छ ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…