कथित बोक्सीको आरोप तथा आत्महत्या दुरुत्साहन कसुरमा दुई वर्ष दुई महिना कैद सजाय फैसला
तादी गाउँपालिका–१ बस्ने ५५ वर्षीया सन्चमाया तामाङलाई कथित बोक्सीको आरोप तथा आत्महत्या दुरुत्साहन कसुरमा तादी गाउँपालिका–१ उर्लेनीका ४८ वर्षीय लक्षु तामाङ र ५५ वर्षीय सम्बर तामाङलाई नुवाकोट जिल्ला अदालतले जनही दुई वर्ष दुई महिना कैद सजाय हुने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले ०७९ फागुन २८ गते गरेको अन्तिम फैसला अभियोगमा आंशिक दाबी पुग्ने ठहर गर्दै जनही दुई वर्ष दुई महिना कैद सजाय, २१ हजार पाँच सय रुपैयाँ जरिवाना, ५० हजार रुपैयाँ क्षतिपुर्ति र आठ सय ६० रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्ने फैसला भएको नुवाकोट जिल्ला अदालतको सूचना अधिकारी तथा इजलास अधिकृत रीता लामिछानेले जानकारी दिनुभयो ।
लक्षु र सम्बरले सन्चमाया तामाङलाई बोक्सी आरोप लगाएर शारिरीक तथा मानसिक यातना दिएपछि ०७७ असोज १६ गते विष खाएर आत्महत्या गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असोज १८ गते उजुरी दिएको थियो ।
शवको पोष्टमार्टम सोही दिन त्रिशूली अस्पतालमा गरिएको थियो ।
जिल्ला अदालतले लक्षु र सम्बरलाई ०७७ कात्तिक १३ गते पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…