कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार
कथित बोक्सीको आरोप लगाई धनगढीमाई नपा-६ की ५५ वर्षीया कुश्मादेवी यादवलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३८ वर्षीय शिवकुमार यादवलाई वैशाख ४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले चैत ३१ गते कथित बोक्सीको आरोप लगाई धारिलो हतियार प्रयोग गरी कुटपिट गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा वैशाख ४ गते उजुरी दिएको थियो ।
कुटाइबाट घाइते भएकी पीडित महिलाको उपचार लहानस्थित लीलामदन पोलिक्लिनिक एण्ड प्रसूतिगृहमा भइरहेको छ ।
पीडित महिलाले 'टुनामुना' गरी आरोपितका छोरी किरणलाई पटक-पटक बिरामी पारेको आरोप लगाउँदै शिवकुमारसहित सोही ठाउँका ३४ वर्षीय विजयकुमार यादव, ३६ वर्षीय आशाराम दास, ३२ वर्षीया जिवछीदेवी यादव, ३० वर्षीय लिलादेवी दास र ४० वर्षीय जयलाल दासलगायतले कुटपिट गरेको आरोप लगाइन् ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेका अनुसार आरोपित शिवकुमार यादवलाई गिरफ्तार गरी अनुसन्धानका लागि 'म्याद' थप गराएको र अन्य आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जानकारी दिए ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…