कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार
सुर्यपुरा गाविस-७ की ५८ वर्षीया मालती केवटलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै प्रहरीले सोही ठाउँका ५० वर्षीय रामनयन लोध र ३५ वर्षीय विनोद लोधलाई फागुन ३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितद्वयले माघ २९ गते 'ए बोक्सी तैँले मेरो बुहारीलाई मर्नु न बाँच्नु गराइस' भन्दै कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
आरोपितद्वयले आफ्नो आमालाई कुटपिट गरेपछि छुट्याउन जाँदा पीडितकी ३५ वर्षीया छोरी आरती केवटलाई समेत आरोपितले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
कुटपिटका कारण मालती केवटको दाँया हातमा गहिरो चोट र शरीरमा निलडाम देखिएको छ भने छोरी आरतीको ओठ तथा शरीरका विभिन्न अङ्गमा चोट लागेको स्थानीय बिन्दु चौहानले बताइन् ।
घटना लगत्तै पीडितहरूले इलाका प्रहरी कार्यालय सुर्यपुरामा उजुरी दिएका थिए । प्रहरीले आरोपितद्वयलाई गिरफ्तार गरी एक घण्टा पछि छाडेको थियो । प्रहरीले आरोपितलाई गिरफ्तार गरे पनि पीडितद्वयको घाउ जाँच र घटनासम्बन्धी अनुसन्धान नै नगरेको पीडितको आरोप छ ।
इलाका प्रहरी कार्यालय सुर्यपुराले वास्ता नगरेपछि पीडितहरूले स्थानीय सञ्चारकर्मीलाई गुहारेका थिए । सञ्चारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ०७३ फागुन ४ उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए ।
पीडितद्वयको फागुन ४ गते नै भिम अस्पताल भैरहवामा उपचार गरिएको डिएसपी पाण्डेले बताए ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते
रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच जेठ १ गते झडप भएको छ । झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर,…
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६…
रुपनीमा गरिएको पुनः निर्वाचन शान्तिपूर्ण सम्पन्न
रुपनी गाउँपालिका–५ बसबिट्टीस्थित वडा कार्यालय भवनमा स्थगित भएको निर्वाचन जेठ २ गते कडा सुरक्षाकाबिच शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदानस्थलमा १ हजार ५ सय २३ मतदाता रहेकोमा १ हजार…