कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी
चक्रघट्टा गाउँपालिका–३ सुन्दरपुर की ४७ वर्षीया फतिमा खातुनलाई कथित बोक्सीको आरोपमा सोही ठाउँका ३६ वर्षीय आरिफ राजा मन्सुरी र उनकी ३३ वर्षीया पत्नी जिना खातुनले कुटपिट गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ०८० भदौ २६ गते उजुरी दिनु भयो ।
आरोपितहरूले पीडितलाई भदौ १६ गते बोक्सीको आरोपमा गाली गलौज तथा दुर्व्यवहार गर्नुको साथै कुटपिट समेत गरेको पीडित खातुनले बताएकी छिन् । कानुनी प्रक्रियामा अघि बढेपछि वडा तथा न्यायीक समितिमा मिलापत्र गर्न चक्रघट्टा गाउँपालिका–१ का वडा अध्यक्ष ४६ वर्षीय रामसुरेश राय र आरोपित पक्षले भदौ २७ गते दबाब समेत दिएको पीडित खातुनले बताएकी छिन् ।
कुटपिटबाट घइते भएकी पीडितको उपचार भदौ १७ गतेदेखि १८ गते साँझसम्म जिल्ला अस्पताल मलङ्गवामा भयो । साथै उनको घाउ जाँच पुनः भदौ २७ गते जिल्ला अस्पतालमा भयो ।
घटना बारे अनुसन्धान गरी दोषी उपर कानुन बमोजिम कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…