कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार
कथित बोक्सी घटनाको आरोपमा फरार रहेका राजगढ गाउँपालिका–२ का २५ वर्षीय रामबिलास यादवलाई सप्तरी प्रहरीले फागुन २ गते गिरफ्तार गरेको छ ।
खोजतलासको क्रममा ११ वर्षदेखि ‘फरार’ रहेका आरोपित यादवलाई उनकै गाउँघरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी अविनारायण काफ्लेले बताउनु भयो ।
एसपी काफ्लेका अनुसार गिरफ्तार आरोपित यादवलाई फागुन २ गते सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको र कैद भुक्तानको लागि राजविराज कारागार पठाइएको प्रहरीले जनाएको छ ।
कथित बोक्सी भन्दै कुटपिट तथा गालीगलौज गरेको भन्दै राजगढ गाउँपालिका–२ की ४० वर्षीया सरस्वतीदेवी खङ्गले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
आरोपित यादवलाई कसुर ठहर गर्दै सप्तरी जिल्ला अदालतले ०६७ माघ १८ गते ३ महिना कैद सजाय र १० हजार रुपियाँ जरिबाना फैसला गरेको थियो ।
यस्तै तत्कालिन पुनरावेदन अदालत राजविराजको इजलासले ०७१ मङ्सिर २९ गते सो फैसला सदर गरेको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…