कथित बोक्सीको आरोपमा कुटपिट, घटनाका आरोपित गिरफ्तार  

  ०७८ भदौ ३१ गते

सिरहा नपा–१२ बस्ने ३६ वर्षीया गुञ्जा गुप्तालाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले सिरहा नपा–१२ का ५५ वर्षीय रामलखन साहलाई भदौ ३० गते गिरफ्तार गरेको छ ।

आरोपितको नातिनीको उपचार गराउँदा पनि ठिक नहुँदा तिमी बोक्सी हौ तिमीले नै टुनामुना गरेको आरोप लगाउँदै रामलखनकी ५० वर्षीया पत्नी मोहरदेवी साह र २४ वर्षीय छोरा अनिलकुमार साहले भदौ २९ गते कुटपिट गरेकोले कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ २९ गते उजुरी दिएको पीडितले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर रामचन्द्र साहले घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरेको र अन्य आरोपितहरू फरार  गरिरहेको बताउनु भयो ।


दुर्गा परियार