कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

खाँडाचक्र नगरपालिका–५ का २२ वर्षीया गौरी महतारालाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै पीडितले ५५ वर्षीय छिमेकी सुर कार्कीविरूद्ध मङ्सिर १५ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकी छन् ।

पीडित महिलालाइृ आरोपितले कथित बोक्सी लागेर कुखुरा मारेको भन्दै कुटपिट गर्नुका साथै गाली बेइज्जतसमेत गरेको पीडितले आरोप लगाएकी छन् ।

कुटाइबाट पीडितको पिठ्यूँ र गोडामा चोट लागेकाले जिल्ला अस्पतालमा उपचार भएको छ । आरोपित

कथित बोक्सीको आरोपमा कुटपिट गाली बेइज्जती गरेको आरोपमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय, कालिकोटले जनाएको छ ।


कालीबहादुर मल्ल