कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
शम्भुनाथ नपा-६ कठौना टोलकी ३२ वर्षीया पवितादेवी चौधरीलाई सोही ठाउँका ४५ वर्षीय नेपाली भनिने घनश्याम चौधरीलगायतले कथित बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा पीडितले असोज १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
आरोपितकी छोरी १२ वर्षीय मिनुकुमारी चौधरीलाई बिरामी बनाएको भन्दै झारफुक गर्न घरमा बोलाएको धामीले इशारा गर्नासाथ आरोपितले असोज १२ गते राति लाठीले कुटपिट गरेको भन्दै पीडितले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष श्रेष्ठले जानकारी दिए ।
कुटपिटबाट बेहोस भएकी पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
शम्भुनाथ नपा-६ कठौनास्थित शारदा इङ्गलिश बोर्डिङ्ग स्कूलमा कक्षा ६ मा पढिरहेका बेला ०७३ भदौको पहिलो साता घनश्यामको छोरी मिनु काम्ने, बर्बराउने र मुर्छा पर्न थालेपछि कसैले कथित डायन बोक्सी लगाई दिएको भन्दै आरोपितका परिवारका सदस्यहरूले स्कूल र घरमा 'होमजप' समेत गर्दै आएका थिए ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…