कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका–१ उज्यालो गाउँकी २७ वर्षीया पार्वती परियारलाई ३६ वर्षीया जेठानी शान्ति परियार, जेठानीकी दुई छोरीहरू १९ वर्षीया गीता परियार र १४ वर्षीया सङ्गिता परियारले कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय धादिङमा जेठ २३ गते उजुरी दर्ता गराएकी छिन् ।
पीडित महिलालाई आरोपित जेठानीले जेठ २२ गते काथित बोक्सीको आरोप लगाउँदै बोक्सी भएर आफ्नो दुवै छोरीहरूको मुटु खाएर बिरामी बनाएको र आफ्नो पतिलाई समेत खाएको भन्ने आरोप लगाउँदै छोरीहरूसमेत लगाएर कुटपिट गरी पीडितको शरीरमा टोकेर घाउ समेत बनाएको भन्दै पीडित पक्षले आरोपितहरू विरूद्ध जेठ २२ गते इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिए ।
उक्त उजुरीको आधारमा इलाका प्रहरीले आरोपितहरूलाई झिकाई दुवै पक्षबीच छलफल गराई पीडितलाई जबरजस्ती मिलापत्र गर्न दबाब दिएपछि पीडितले न्यायका लागि जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकोले घटनासम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजकुमार बैदवारले बताए ।
कुटपिटबाट घाइते भएकी पीडित महिलाको उपचार जेठ २२ गते गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको प्रहरीले बतायो ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…