कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

  ०७४ साउन १८ गते

लमही नगरपालिका-४ की ३० वर्षीया विमला बिकलाई कथित बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले एकै घरका तीनजनालाई साउन १८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई बोक्सी लगाएर छोरा बिरामी गराइदिएको आरोप लगाउँदै साउन १७ गते लमही नगरपालिका-४ का ४० वर्षीय कृष्णबहादुर बिक, उनकी ३५ वर्षीया पत्नी केशरी बिक र १९ वर्षीय छोरा सन्दीप बिकविरुद्ध पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो ।

उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको वडा प्रहरी कार्यालय लमहीका असई नरतुम गिरीले जानकारी दिए ।

कुटपिटका कारण पीडित शरीर र टाउकोमा गम्भीर चोट लागेकाले लमही अस्पतालमा साउन १८ गते उपचार भएको छ ।


जेएन सागर