कथित बोक्सीको आरोपमा एकल महिलामाथि कुटपिट तथा दुर्व्यहार
खरिहानी गाविस-५ की ६५ वर्षीया जानकीदेवी कापरलाई साउन २८ गते कथित बोक्सीको आरोपमा छिमेकीहरूले कुटपिट तथा दुर्व्यवहार गरेको पीडितले आरोप लगाएकी छन् ।
पीडित जानकीदेवीलाई छिमेकी २५ वर्षीय घुरण कापर, ३० वर्षीया बवितादेवी मुखिया, २३ वर्षीय बासलाल मुखिया, २६ वर्षीय सुकमार कापर, २४ वर्षीय संजित कापर समेतले मिली टाउकोमा ईटा प्रहार गरी घाइते बनाएको आरोप छ ।
घाइते जानकीदेवीले न्यायको माग गर्दै साउन ३० गते राष्ट्रिय मानव अधिकार आयोगको जनकपुरस्थित कार्यालयमा उजुरी दिएको मानव अधिकार अधिकृत सोमनाथ सुवेदीले जानकारी दिए । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
घुरण कापरको पत्नीलाई पटक पटक भूतप्रेत लगाएको भन्दै जानकी देवीलाई कुटपिट तथा दुर्व्यहार गरेका थिए । घरमा भग्त्ता (धामीझाँक्री) खेलेपछि रातीको समयमा आरोपित उनीहरुले पीडित जानकीदेवीको घरमा ईट्टा र ढुङ्गा प्रहार गरेका थिए ।
केही महिनादेखि जानकीदेवीलाई छिमेकीले बोक्सी भनेर गाली बेइजती र दुर्व्यहार गर्दै आएको पीडितको छोरा रामदयाल कापरले बताए । पटक पटक अस्थायी प्रहरी चौकी खरिहानीमा पञ्चायती तथा छलफल गर्दा कुटपिट तथा दुर्व्यहार नगर्ने सहमति गरेपनि पुनः गाली बेइजती गर्दै आएको पीडित जानकीदेवीले बताइन् ।
प्रहरी चौकी खरिहानीमा उजुरी गर्दा प्रहरीले कुनै सुनवाई नगरी उल्टै हप्काउने गरेको पीडितको आरोप छ । यसरी सधै उनीहरूको डर त्रासको वातावरणमा जीउन बाध्य भएको पीडितले बताइन् ।
कार्य व्यस्थताका कारण घाइतेलाई भेट्न नसकेको र गाउँमा घटनाको बारेमा खोज अनुसन्धान गर्दा कसैले आरोपितहरुको नाम बताउन नचाहेको अस्थायी प्रहरी चौकी खरिहानीका असई नवलकिशोर यादवले बताए । पीडितले उजुरी दिएपछि घटनाको अनुसन्धान गर्ने असई यादवले जानकारी दिए ।
विनोदकुमार रविदास
सम्बन्धित समाचारहरू
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…
बालकको मृत्यु शंकास्पद भन्दै आफन्तद्वारा कारबाहीको माग
वीरेन्द्रनगर नगरपालिका– ६ को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका माध्यमिक विद्यालयको होस्टेलमा आठ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले दोषीलाई कारबाहीको माग गरेका छन् । स्कुलको घण्टाघर नजिककै…