कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा मुद्दा दर्ता
महदेवा गाविस-७ की ४० वर्षीया बुधनीदेवी सुतिहारलाई उनका जेठाजु ५८ वर्षीय सिताराम सुतिहार, जेठानी दिदी ४० वर्षीया शान्तिदेवी सुतिहार र भतिजा १८ वर्षीय रामदेव सुतिहारले कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते उजुरी दर्ता गरेको छ ।
आरोपितकी छोरी रामवती सुतिहारलाई बिरामी बनाएको दोषारोपण लगाउँदै पीडितको स्तनमा जेठाजु सितारामले टोक्नुका साथै जोगाउन गएका पीडितका छोरा १९ वर्षीय इन्द्रदेव शर्मालाई आरोपित रामदेवले फलामे रडले ०७३ असोज १५ गते कुटपिट गरेको भन्दै पीडित पक्षले असोज १८ गते प्रहरीसमक्ष उजुरी दिएको थियो ।
कुटपिटबाट घाइते बुधनीदेवी र इन्द्रदेवको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पताल र विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भएको थियो । घटनाको अनुसन्धानपश्चात मुद्दा दर्ता गरी तीव्रताका साथ आरोपितहरूको खोजी भइरहेको इन्स्पेक्टर नारायण भट्टराईले जानकारी दिए ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…