कथित बोक्सीको आरोपमा अभक्ष खुवाउन प्रयास गर्ने गिरफ्तार

हावा गाविस-३ की ७१ वर्षीया तीर्थमाया विकलाई कात्तिक २७ गते कथित बोक्सी भन्दै अभक्ष खुवाउन खोजेको आरोपमा सोही ठाउँका ४६ वर्षीय केशव विक र ५६ वर्षीय काले विकलाई मङ्सिर ६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडितले आरोपित उनीहरु विरुद्ध मङ्सिर ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर ललनप्रसाद कुर्मीले बताए ।


उद्धव पोखरेल