कथित दलित भएर गैरदलित बसेको गुन्द्री छोएको आरोपमा कुटपिट
महाबु गाउँपालिका-२ डुङ्ग्री भानेखोलाका ५५ वर्षीय पहल बिकलाई सोही ठाउँका ४७ वर्षीय भीमबहादुर रोकाय र सोही गाउँपालिका-१ खरिगैराका भीमबहादुरका २६ वर्षीय ज्वाँर्इ नगेन्द्र खत्रीले जातीय विभेद गर्दै कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।
माघ १५ गते दिउँसो भीमबहादुरको घरमा काटिएको खसीको मासु किन्न त्यहाँ पुग्दा भीमबहादुरसमेत चार जना बसेको गुन्द्री छोएको भन्दै आरोपितहरूले कुटपिट गरेको भएको पहल बिकले बताए ।
कुटपिटको क्रममा पहलको दाहिने आँखामा चोट लागेको छ । जीउभर लात्ती र मुक्काले चोट लागेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका छन् ।
आरोपित पक्ष भीमबहादुर रोकाय र नगेन्द्र खत्रीसमेतलाई माघ १६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा झिकाइएको मुद्दा शाखाका प्रमुख सई चेतराज पन्तले जानकारी दिए । प्रहरीले स्थानीय तहमा आपसमा मिल्दा राम्रो हुने भनी पठाएको पीडितले बताए ।
अमर सुनार
सम्बन्धित समाचारहरू
यज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
यज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको विषयमा इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थलारा गाउँपालिका–४ का ६० वर्षीय गम्भिरे सार्कीलाई ०८१ चैत ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १५ गते बलात्कार…