कठ्याङ्ग्रिँदो जाडोमा टहरामा पढ्न बाध्य
हिउँदसँगै जाडोको मात्रा बढिरहेको छ । संविधानले मौलिक हककै रूपमा व्यवस्था गरेको शिक्षाको हक उपभोग गरिरहेका चखेलका विद्यार्थीहरू भने जाडोको परवाह नगरी जस्ताले बारबेर पारेको टहारामा पढ्न बाध्य छन् ।
०७२ सालमा भूकम्पका कारण विद्यालय भवन क्षतिग्रस्त भएपछि जस्ताको छानोबाट कोठाभित्रै शीत चुहिने जाडो महिना होस् या हपहप हुने गर्मी महिना होस्, उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५, चखेलस्थित कालीदेवी माविका विद्यार्थीहरू यसरी नै पढ्दै आएका छन् ।
निर्माण कम्पनीले विद्यालय पुणर्निर्माण सम्पन्न गर्न सम्झौतामा तोकिएभन्दा ढिला गर्दा यस वर्षको हिउँदमा पनि विद्यार्थीहरू थुरथुर काम्दै जस्ताको टहरामा पढ्न बाध्य भएका हुन् ।
जापान अन्तरराष्ट्रिय सहयोग नियोग–जाइकाको ऋण सहयोगमा शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले २०७४ सालदेखि निर्माण सुरू गरेको भवन अहिले अन्तिम चरणमा पुगेको छ ।
विद्यार्थीहरू भने यही चिटिक्क परेको ठूलो भवन हेर्छन् र जस्ताको छानामुनि बसेर पढ्छन् । ‘विद्यालय भवन त बनेको छ । तर, हामी टहरामै बसेर पढ्न बाध्य छौँ ।’–कक्षा ८ की सुमित्रा बलामीले भन्नुभयो-‘दिनदिनै जाडो बढिरहेको छ । चिसोले हात कठ्याङ्ग्रिएर लेख्न समेत अप्ठ्यारो हुन्छ ।’
गौरी पार्वती निर्माण सेवा प्रालिले ०७४ माघ १४ गतेबाट निर्माण सुरू गरेर ०७६ वैशाखमा सम्पन्न गर्ने गरी विद्यालय पुनर्निर्माणको जिम्मा लिएको थियो ।
अहिले भवन निर्माण भए पनि विद्यालय व्यवस्थापन समितिलाई भवन हस्तान्तरण भएपछि मात्रै पठनपाठन सुरू गरिने विद्यालयका प्रधानाध्यापक मधुकर कार्कीले बताउनुभयो ।
जाइकाले केन्द्रीय आयोजना कार्यान्वयन एकाईमार्फत् मकवानपुरमा ४१ ओटा विद्यालयको भवन निर्माण गरिरहेको छ ।
मकवानपुरमा हालसम्म सरकारी र गैरसरकारी संस्थाको सहयोग गरेर २ सय ५५ ओटा विद्यालय निर्माण भएका छन् ।
५ सय १६ विद्यालय रहेको मकवानपुरमा ०७२ सालको भूकम्पबाट ४ सय ९ ओटा विद्यालय भौतिक रूपमा प्रभावित भएका थिए ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…