कटानले विद्यालय भवनमा क्षति,चौरमा राखेर परीक्षा
फेदाप गाउँपालिका-४ स्थित श्री जलपा देवी आधारभूत विद्यालयको भवनमा कटानले क्षति पुर्याएपछि चौरमा राखेर परीक्षा सञ्चालन गर्नु परेको छ ।
विद्यालय भवनको मुनिबाट भएको कटानले भवनामा क्षति पुर्याएपछि दोस्रो त्रैमासिक परीक्षाको पहिलो दिन भदौ ६ गते बालबालिकालाई चौरमा राखेर परीक्षा सञ्चालन गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक प्रियनारायण लिम्बूले ०८१ भदौ ५ गतेको वर्षापछिको पहिरो र कटानले विद्यालय भवनमा क्षति पुर्याएपछि बालबालिकालाई चौरमा राखेर परीक्षा सञ्चालन गरिएको बताउनु भयो । बाढीका कारण पहिरो र कटानले विद्यालय भवन भत्किएपछि बाल कक्षादेखि कक्षा ५ सम्म सञ्चालित विद्यालय बन्द गरिएको छ । कटानले विद्यालयको एक मात्र भवन भत्काएपछि भदौ ६ गतेदेखि सञ्चालित दोस्रो त्रैमासिक परीक्षा विद्यालयहरूले चौरमा बसेर दिनु परेको प्रधानाध्यापक लिम्बूले बताउनु भयो । विद्यालयमा २१ जना बालबालिका अध्ययनरत छन् ।
दोस्रो त्रैमासिक परीक्षा भदौ ६ गतेदेखि सञ्चालन गरिएको र पानी नपरेका कारण पहिलो दिनको परीक्षा सम्पन्न गरिएको भएपनि भोलिदेखिका परीक्षाका समयमा पानी पर्यो भने परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको प्रधानाध्यापक लिम्बूको भनाइ छ ।
पहिरो कटानले विद्यालयको भवनमा क्षति पुर्याएको र चौरमा समेत हिलो भएका कराण बालबालिकालाई पढ्न र परीक्षा दिनसमेत सकस भएको फेदाप गाँउपालिका-४ का वडाध्यक्ष भेषराज लिम्बूले बताउनु भयो । ०३९ सालमा स्थापना भएको विद्यालयको एक मात्र भवन पहिरोले बगाएपछि बालबालिकाको पढाइमा समस्या भएको वडाध्यक्ष लिम्बूको भनाइ छ ।
अहिले गाँउपालिकाका अध्यक्ष जिल्ला बाहिर जानु भएको छ । उहाँ आएपछि विद्यालयलाई उचित व्यवस्थापन गरिनेछ, वडाध्यक्ष लिम्बूले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा भन्नुभयो ।
पहिला विद्यालयको छेउ सल्लाका रूखहरू थिए, सल्लाको फुल फुल्दा त्यसबाट निस्कने झुसले विद्याथीलाई चिलाउने समस्या भएपछि रूखहरू काटेर काठको रूपमा प्रयोग गरियो, जमिन भिरालो भएकाले रूखको कटान भएपछि पहिरो र कटान लाग्दा विद्यालयको भवनमा क्षति पुग्यो, विद्यालयका शिक्षक बासु घिमिरेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा भन्नुभयो ।
कटानका कारण विद्यालय भवनको दुई ओटा कोठामा पूर्ण रूपमा क्षति पुगेको छ । कार्यालयमा राखिएका शैक्षिक सामग्री र किताबहरू पहिरोबाट निकाल्न सकिएको छैन ।
विद्यालय भवन भत्किएको प्रहरी मुचुल्काका आधारमा गाँउपालिकाको निर्णयपछि विद्यालय भवनका लागि उचित व्यस्थापन गरिने प्रमुख जिल्ला अधिकारी मीना अर्यालको भनाइ छ ।
सुरेश खत्री
सम्बन्धित समाचारहरू
सिरिजङ्घा गाउँपालिका–३ मा महिला मतदाता कम
जिल्लामा रिक्त रहेको एक मात्र सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाको वडाध्यक्ष पदका लागि मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनमा कुल मतदाता एक हजार ५ सय २८ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ…
संक्रमणकालीन न्याय नागरिक निगरानी समितिद्वारा ध्यानाकर्षण
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्ति पारदर्शी र स्विकार्य हुनुपर्ने माग गर्दै संक्रमणकालीन न्याय नागरिक निगरानी समिति कोशी प्रदेशले जिल्ला प्रशासन कार्यालय…
सङ्क्रमणकालीन आयोगका पदाधिकारीमा निष्पक्ष र सक्षम व्यक्तिलाई सिफारिस गर्न मानव अधिकारकर्मीद्वारा ध्यानाकर्षण
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यका लागि निष्पक्ष र सक्षम व्यक्तिहरूलाई सिफारिस गर्न मानव अधिकारकर्मीहरूले ०८१ कात्तिक २८ गते ध्यानाकर्षण गराएका छन् ।…
निर्वाचन आयोगले देशका विभिन्न ठाउँमा तोक्यो निर्वाचन अधिकृत
स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ । मङ्सिर १६ गतेका लागि तोकिएको उपनिर्वाचनका लागि ३२ जना जिल्ला न्यायाधीश, ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत तोकिएको…
हत्या घटनाका आरोपित गिरफ्तार
डिलाशैनी गाउँपालिका–२ छेपट्टाकी २५ वर्षीया सुनिता बोहराको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय जेठानी दिपा बोहरालाई ०८१ कात्तिक २७ गते गिरफ्तार गरेको छ । पारिवारिक विवाद हुँदा देउरानी सुनिताको टाउकोमा जेठानी…