कञ्चनपुरमा ९२ ओटा मतदानस्थल सुरक्षा सम्वेदनशील  

कञ्चनपुर जिल्लामा स्थानीय तहको निर्वाचनका लागि  १ सय ३२ मतदान स्थल र २९३ मतदान केन्द्र रहेका छन् ।

१ सय ३२ ओटा मतदान स्थलमा ६६ ओटा अति सम्वेदनशील, २६ ओटा सम्वेदनशील र ४० ओटा सामान्य रहेको विश्लेषण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीम दाहालले बताए ।

सात ओटा नगरपालिका र दुई ओटा गाउँपालिका गरी नौ ओटा स्थानीय तह रहेको कञ्चनपुर जिल्लामा २ लाख ३५ हजार ७ सय ३५ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी अजवसिंह भण्डारीले जानकारी दिए ।


कोमलनिरन्जन भाट