कक्षा ६ का विद्यार्थीको दिवा खाजा गाउँपालिकाले आफै व्यवस्थापन गर्ने

आबुखैरेनी गाउँपालिकाले कक्षा ६ का विधार्थीहरुको दिवा खाजाको व्यवस्थापन आफैले गर्ने भएको छ ।

नेपाल सरकारले कक्षा ६ सम्मका विद्यार्थीहरुलाई प्रदान गर्दै आइरहेको दिवा खाजा यहि शैक्षिक सत्र २०८० देखि कक्षा ६ का विद्यार्थी लाई कटौती गरि कक्षा पाचँ सम्मलाई मात्र उपलब्ध गराउने निर्णय गरेको थियो ।

सरकारको निर्णयले कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीहरु मारमा परेको हुँदा आबुँखैरेनी गाउँपालिकाले साउन ७ गते सूचना प्रकाशित गर्दै आन्तरिक श्रोतबाट खर्च व्यहोर्ने गरि कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनु भयो ।

उक्त निर्णय कार्यान्वयनको लागि आबुखैरेनी गाउँपालिकाका सम्पुर्ण सामुदायिक विद्यालयलाई निर्देशन दिइसकेको अध्यक्ष चुमानले बताउनु भयो ।


प्रकाशचन्द्र भट्टराई