कक्षा कोठा अभावमा भर्याङमुनि कक्षा सञ्चालन
रघुगङ्गा गाउँपालिका–६, पाखापानीमा रहेको अमर माविमा कक्षा कोठा अभावका कारण विद्यार्थीलाई भर्याङमुनि राखेर पढाउने गरिएको राससले जनाएको छ ।
विद्यालयको पुरानो आठकोठे भवन जीर्ण बनेपछि भत्काएर नयाँ ६ कोठे पक्की भवन बनाइए पनि कार्यालय र पठनपाठन सञ्चालनका लागि दुईवटा कोठाको अभाव भएको हो । कोठा अभावका कारण कक्षा ४ का विद्यार्थीलाई नयाँ भवनको पहिलो तलाको भर्याङमुनि राखेर पठाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक युकुमार गर्बुजाले बताए ।
उक्त कक्षामा २० जना विद्यार्थी छन् । भर्याङमुनि बसेर पढ्दा चिसोमा जाडो हुने, गर्मीमा घामले पोल्ने र पानी पर्दा बाछिटाले रुझाएर असजिलो हुनेगरेको विद्यार्थीले गुनासो गरेका छन् ।
प्रअ गर्बुजाका अनुसार स्रोतकेन्द्रको कार्यालयलाई विद्यालयको प्रशासनिक र शिक्षक कर्मचारीको कक्षका रुपमा प्रयोग गरिएको छ ।
उक्त विद्यालयमा हालै जिल्ला शिक्षा कार्यालयको रु ४८ लाख र विद्यालयको २२ लाख रुपियाँको लागतमा ६ कोठे पक्की भवन निर्माण सम्पन्न भएको थियो । २०७२ सालको भूकम्पका कारण पुरानो आठकोठे भवन जीर्ण बनेपछि पुनःनिर्माण गरिएको हो ।
उक्त विद्यालयमा रहेका दुई/दुई कोठे दुईवटा ब्लक भवनमध्ये एउटामा छात्रावास र अर्कोमा कार्यालय तथा स्टोर सञ्चालन गरिएको छ । पुरानो चारकोठे र नयाँ ६ कोठे भवनमा बाल कक्षादेखि कक्षा दशसम्मका विद्यार्थीका लागि ११ वटा कोठा आवश्यक रहेको छ ।
नयाँ भवनका दुईवटा कोठा कम्प्युटर ल्याब र पुस्तकालयका लागि प्रयोग भएको छ । नयाँ भवनमा तला र चारवटा कोठा थप गर्न पहल गरिएको प्रअ गर्बुजाले बताए । उक्त विद्यालयमा २ सय ९३ जना विद्यार्थी अध्ययनरत छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास…
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…