कक्षा कोठामा पानीको भलपसेपछि पठनपाठन प्रभावित
सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यमिक विद्यालयको कक्षा कोठामा पानीको भल पसेपछि पठनपाठनमा समस्या भएको छ । असार २० गतेदेखि नियमित रुपमा परेको अविरल वर्षाका कारण विद्यालयका चार ओटा कक्षा कोठामा भल पसेपछि पठनपाठनमा समस्या भएको हो ।
कक्षाकोठामा भलपसेपछि पठनपाठनमा समस्या भएको कक्षा ९ मा अध्ययनरत सुप्रभा भण्डारीले बताउनुभयो । उक्त विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले माटो र ढुङ्गाले बनेको कारण भवनको पछाडितिरको भागबाट पानीको भल कक्षा कोठामा पसेपछि एक साता देखि पठनपाठनमा समस्या भएको बताउनुभयो ।
करिब एक साता देखि सो विद्यालयको चार ओटा कक्षाका विद्यार्थीको पठनपाठनमा बन्द भएको छ । विद्यालयमा अरु विकल्प नहुँदा विद्यार्थीहरु विद्यालयमा आएर पढ्नबाट हुनु परेको प्रधानाध्यापक रोकायाले बताउनुभयो ।
सामान्य रुपमा मौसम सफा भएसँगै विद्यार्थीहरू र शिक्षक मिलेर कोठामा जमेको पानी फाल्ने कार्य भएको उहाँले बताउनुभयो । यो समस्या वर्षेनी भोग्नु परिरहेका कारण नयाँ भवन निर्माण गर्नुपर्ने वा कक्षाको भुइँ ढलान लागि धेरै निकायसँग अनुरोध गर्दा पनि हालसम्म सहयोगी निकाय नपाएको उहाँले गुनासो गर्नु भयो ।
विद्यालयमा ८० जना विद्यार्थी पठनपाठन वञ्चित भएका छन् । विद्यालयका शिक्षक कल्पना रावतले बर्खा लाग्ने बित्तिक्कै यो समस्या बारम्बार भोग्नु परिरहेको बताउनुभयो । कक्षामा पानीको ठुलो भल पसेपछि पठनपाठनमा बन्द गरेर विद्यार्थीहरुलाई घर पठाउनुपर्ने अवस्था विगतदेखि रहँदै आएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–१३ झरुवाराशी का २६ वर्षीय आशिष पुर्कुटीलाई भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २५ गते बलात्कार गरेको…
पहिरोले सडक बगाउँदा जनजीवन कष्टकर
भोजपुरको पाँचधारे-चखेवा सडक पहिरोले बगाएपछि सडक अवरूद्ध भएको छ । पाँचधारे-चखेवा सडक खण्डको रूमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो । टेम्केमैयुङ गाउँपालिका-९ रूमाथुम्की क्षेत्रको घुर्विसेमा क्षेत्रमा पहिरो…
झुटो सिफारिस दिएको आरोपमा जनप्रतिनिधि गिरफ्तार
मृतक व्यक्तिलाई जीवित र जीवित व्यक्तिलाई मृतक भनि सिफारिस दिएको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका-७ का वडाध्यक्ष सूर्यनारायण यादवलाई भदौ २६ गते गिरफ्तार गरेको छ । देवानगञ्ज गाउँपालिका-७ को वडा कार्यालयमा…
मौसम परिवर्तनका कारण अस्पतालमा बिरामीको चाप बढ्दै ! (फोटो फिचर)
मौसम परिवर्तनका कारण नेपालगञ्जस्थित भेरी अस्पतालमा बिरामीको चाप बढेको छ । मौसम परिवर्तनका कारण डेङ्गीका साथै भाइरल ज्वरो, टाइफाइड, झाडापखाला वान्ता, बेहोस हुने लगायतका बिरामी बढ्न थालेका हुन् । भेरी…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नगरपालिका-४ का ३५ वर्षीय बब्लु यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ भदौ २६ गते उजुरी दिनुभएकाे छ । आरोपितले बालिकालाई ०८१…