कक्षाकोठा अभावमा खुला आकाशमुनि पढ्छन् जनवादीका विद्यार्थी
विद्यालयको भौतिक संरचना नहुँदा बागलुङको पश्चिम ढोरपाटनमा रहेको जनवादी आधारभुत विद्यालयका बालबालिका खुल्ला आकाशमुनी पढ्न बाध्य भएका छन् । कक्षा १ देखि ८ सम्म पढाइ हुने यस विद्यालयमा ४ सय बालबालिका अध्ययनरत छन् ।

यति धेरै सङ्ख्यामा विद्यार्थी रहेको विद्यालयमा पाँच ओटामात्र जीर्ण कोठा छन् । विद्यालयमा भौतिक संरचना कम भएको र भएको संरचना पनि जीर्ण भएकै कारण यहाँका विद्यार्थीहरू खुल्ला चौरमा पढ्न बाध्य भएका हुन् ।
ढोरपाटन नपा-७ नबीमा रहेको यस विद्यालय घुम्ती विद्यालय हो । यहाँ गर्मीयाममा पढाइ हुन्छ भने हिउँदमा यो विद्यालय बोबाङमा र्सछ । ढोरपाटनमा रहेको यस विद्यालयमा फागुनदेखि कात्तिकसम्म पढाइ हुन्छ ।
जाडो मौसममा भने हिउँ पर्ने भएकाले अभिभावक सपरिवार वस्तुभाउ लिएर वेशी र्झछन् । उनीहरूसँगै बालबालिका पनि झरेपछि ढोरपाटनको विद्यालय बन्द हुन्छ र बोबाङमा रहेको तल्लो विद्यालय सञ्चालनमा आउँछ ।
बोबाङमा रहेको विद्यालयको भौतिक संरचना पनि जीर्ण र अपुग छ । जाडोमा अत्याधिक जाडो र गर्मी मौसममा पनि ३ हजार मिटरभन्दा माथिल्लो उचाईमा भएका कारणले यस क्षेत्रमा दैनिक पानी परिरहन्छ । पानी परेको समयमा सबै विद्यार्थीलाई एउटै कोठाभित्र राख्नुपर्ने बाध्यता रहेको शिक्षाको भनाइ रहेको छ ।
विद्यालयका कोठाहरूमा नअटाएका विद्यार्थीहरू पानी परेपछि घर जाने गरेको विद्यालयका प्रधानाध्यापक देवबहादुर सुनारले बताए । सुनारका अनुसार विद्यार्थीहरू आफ्नो घरको काम नभ्याएसम्म विद्यालय आउँदैनन् । अविभावकमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतना नभएकै कारण यस क्षेत्रका विद्यार्थीहरू घर, गाईवस्तु हेर्ने काम सकेपछि मात्र पढ्न आउने गर्छन् ।
तीन जना शिक्षकको दरबन्दी रहेको यस विद्यालयमा ३ सय ८० जना दलित समुदायका बालबालिका छन् । अविभावकहरूबाट चन्दा सङ्कलन गरी विद्यालयले थप पाँचजना शिक्षक शिक्षिकाको व्यवस्था गरेको छ । दुर्गममा रहेको यस विद्यालयलाई सरोकारवालाहरूले सदरमुकामका सम्पन्न विद्यालयहरूसरह व्यवाहार गरेको प्रअ सुनारको गुनासो छ
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…