औषधी अभाव हुँदा स्थानीय सेवाग्राही समस्यामा

सुवर्ण गाँउपालिकाका आधारभुत स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य संस्थामा औषधी अभाव हुँदा आफूहरु समस्यामा परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गर्नुभएको छ । गाउँपालिकामा सात ओटा आधारभुत स्वास्थ्य संस्था र एक ओटा प्राथमिक स्वास्थ्य केन्द्र गरी जम्म आठ ओटा स्वास्थ्य संस्थामा औषधी अभाव भएपछि सेवाग्राहीलाई समस्या भएको स्वास्थ्य शाखा संयोजक सुरेन्द्र साहले बताउनुभयो ।
सुवर्ण गापा–६ मझरीया टोलका ४५ वर्षीया बच्चेलाल यादवलाई दमको रोगले दुःख दिएकाले चिकित्सकसँग पुस २४ गते सल्लाह लिएको तर औषधी नभएकाले बजारबाट किनेर खानु भनि पठाएको बताउनुभयो । सोही टोलकी ७० वर्षीया गिरिजा देवी बैठा पेट दुखेको जाँच गराउँदा जुँका र ग्यासको समस्याहो भन्नुभयो तर स्वास्थ्य संस्थामा औषधी नभएकाले निजी क्लिनीकमा किनेर खानु भनेको बाताउनुभयो । सोही टोलकी ललीता देवीबैठालाई स्वास्थ्यकर्मीले चेकजाँच गरि बजारबाट औषधी किनेर खानु भन्नु भएपनि आफुसँग ओषधी किनेर खाने पैसा नभएको बताउनुभयो । उहाँले औषधी किनेर खान नसक्ने बताउनुभयो । त्यसै गरी सोही टोलकी ३५ वर्षीया दयादेवी यादवले पेट दुखेर स्वास्थ्य संस्थामा पुस २४ गते जादाँ औषधी नपाएको गुनासो गर्नुभयो । उहाँले स्वास्थ्य संस्थामा औषधी भएतापनि एक महिना देखि औषधी नभएको बहाना बनाएर स्वास्थ्यकर्मीहरू बस्ने गरेको बताउनुभयो ।
नेपाल सरकारले निःशुल्क वितरण गर्ने घोषणा गरी निःशुल्क वितरण भइरहेका औषधी सेवाग्राहीले नपाएपछि चार जना सेवाग्राहीले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाराका जिल्ला प्रतिनिधि भोलानाथ पौडेलसँग पुस २४ गते सोधपुछ गरे र निवेदन दिएर असन्तुष्टि जनाएकाछन् । सेवाग्राहीको निवेदन पछि जिल्ला प्रतिनिधि भोलानाथ पौडेलले आधारभुत स्वास्थ्य केन्द्र मझरीयाका कार्यालय प्रमुख हफिज महमद मियाँसँग जानकारी लिनुभएको छ । उहाँले औषधी, कर्मचारी र भवनको अभावले गर्दा समस्या भएको बताउनुभयो ।
उहाँले धेरै अभाव भएपनि सानो भवनमा दुखगरी कार्य सम्पादन गरीरहेको बताउनुभयो । ६ महिना देखि औषधीको माग गरेको भएपनि गाँउपालिकाको कार्यालयले औषधी नपठाएको हफिज महमद मियाँ बताउनुभयो । पहिला देखिनै नेपाल सरकारले तोके अनुसारको औषधी नभएको बताउनुभयो । उहाँले हाल आएर आठ प्रकारका मात्र औषधी भएको र सकिन लागेकाले पु¥याएर वितरण गर्नु परेको बताउनु भयो । सेवाग्राही सन्तुस्ट हुनुहुन्छ भनि जिज्ञासा राख्दा कोही कोही नबोली जानुहुन्छ । केही सेवाग्राहीले औषधी नराखेको भनि स्वास्थ्यकर्मीलाई गाली गर्नुहुन्छ । केही सेवाग्राहीले कुटपिट समेत गर्न खोज्नु हुन्छ भन्नुभयो । समयमा औषधी नआएमा सेवा सञ्चालन गर्न नसक्ने अवस्था रहेको बताउनुभयो ।
एक महिना देखि प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तव सम्पर्क विहिन भएकाले गाँउपालिकाका सबै कर्मचारीले पाँच महिना देखि तलव खान नपाएकाले आन्दोलन गर्ने तयारीमा रहेको स्वास्थ्य शाखा संयोजक सुरेन्द्र साहले बताउनुभयो । उहाँले औषधीका लागि टेण्डर प्रक्रियामा रहेपनि कार्यालय प्रमुख कार्यालयमा नभएकाले कहिले र कसरी व्यवस्यथा गर्ने यकिन नभएको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले प्रमुख प्रशासकीय अधिकृत नभएकाले गाउँपालिकाको कार्यालय असफल हुने तर्फ गएको बताउनुभयो ।
उहाँले पुस १९ गते गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले सिडिओ कृष्णबहादुर कटुवाललाई प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थागर्न ज्ञापन पत्र दिएको बताउनुभयो । संघीय सरकारसँग अनुरोध गरेपनि समस्याको समाधान नभएको बताउनुभयो । नेपाल सरकारसँग समन्वय गरी प्रमुख प्रशासकीय अधिकृत ल्याएर गाँउपालिकाका सबै समस्या समाधान गर्न प्रयास गर्ने प्रतिवद्धता गाउपालिकाका अध्यक्षले जनाउनुभएको छ ।
भोलानाथ पौडेल
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको छुः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले पीडितलाई न्यायको अनुभूति हुनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको बताउनुभएको छ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा मङ्सिर २४ गते…
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…