औषधी अभाव हुँदा सेवाग्राही समस्यामा
अमरगढी नगरपालिकास्थित चार ओटा स्वास्थ्य चौकीमा औषधी अभाव हुँदा आफूहरु समस्यामा परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गर्नु भएको छ ।
नगरपालिकाकास्थित घटाल स्वास्थ्य चौकी, सहश्रलिंग स्वास्थ्य चौकी, उग्रतारा स्वास्थ्य चौकी र भूमिराज स्वास्थ्य चौकीमा औषधी अभाव भएपछि त्यस क्षेत्रका सेवाग्राहीहरुलाई समस्या भएको हो ।
स्वास्थ्य चौकीमा चेकजाँच हुने भएता पनि नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएका औषधीहरु नीजि क्लिनिकबाट किन्नु पर्ने बाध्यता रहेको अमरगढी नगरपालिका–१ का गणेश रोक्काले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘बिरामी भएर स्वास्थ्य चौकीमा जाँदा स्वास्थ्यकर्मीले चेकजाँच मात्रै गर्छन् । स्वास्थ्य चौकीले दिने निःशुल्क औषधी समेत नीजि क्लिनिकबाट किन्नु पर्ने बाध्यता छ ।’
अमरगढी नगरपालिका–३ का बिमल वोहराले स्वास्थ्य चौकीमा औषधीको अभाव हुँदै आएको बताउँदै स्थानीय सरकारले यसमा पहल गर्न नसकेको आरोप लगाउनु भयो ।
उहाँले भन्नु भयो– ‘स्वास्थ्य सेवा सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहमा आएकोको छ । तर, सुधार हुन सकेको छैन् । स्वास्थ्य चौकीमा पाउने निःशुल्क औषधी नपाएको अवस्था छ । चेकजाँच गरेर रित्तै घर फर्किनु परेको छ ।’
जिल्ला सदरमुकामका विरामीहरु उपचार तथा चेकजाँचका लागि डडेल्धुरा अस्पताल जाने गरेको भए पनि ग्रामीण क्षेत्रका बिरामीहरु स्वास्थ्य चौकीमा आउने क्रम बढेको स्याउले नगर स्वास्थ्य चौकीका इन्चार्ज भोजबहादुर पालले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘स्वास्थ्य चौकीमा चेकजाँच त गरिन्छ । तर, निःशुल्क वितरण गर्नु पर्ने औषधी नहुँदा सेवाग्राहीहरुले नीजि अस्पतालबाट औषधी किन्नु पर्ने बाध्यता छ ।’
अमरगढी नगरपालिकाका स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारबाट निःशुल्क रुपमा वितरण गरिने जिङ्क, जेन्सन भाईलेट (जिभि), सिटामोल, ग्यास्ट्रीक लगायतका औषधीहरुको अभाव रहेको अमरगढी नगरपालिका–७ स्थित डकले आधारभूत स्वास्थ्य चौकीका इन्चार्ज महादेव भट्टले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘निःशुल्क वितरण गरिने औषधी स्वास्थ्य चौकीमा छैन् । दैनिक रुपमा १० / १५ जना बिरामीहरु स्वास्थ्य चौकीमा आउनु हुन्छ । बिरामीहरुको चेकजाँच गरेर औषधी किन्न नीजि मेडिकल वा क्लिनिकमा जानुस् भन्नु पर्ने बाध्यता भएको छ ।’
बजेट निकासा हुन केही समय लागेकोले औषधी व्यवस्थापनमा समस्या भएको अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले बताउनु भयो ।
उहाँले औषधी खरिदका लागि नगरपालिकाको टेण्डर स्विकृत भइसकेको र एक हप्ताभित्रै नगरका सवै स्वास्थ्य संस्थाका लागि औषधी खरिद प्रकिया अगाडी बढाउने बताउनु भयो ।
भूपेन्द्र विष्ट
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…