औषधि खरिद गर्न रकम अपुग हुँदा औषधिको अभाव
जिल्ला जनस्वास्थ्य कार्यालय ओखलढुङ्गामा आवश्यक औषधि खरिद गर्न रकम अभाव भएको जनाएको छ ।
रकम अभाव भएपछि स्वास्थ्य संस्थामा २५ किसिमका औषधि अभाव भएको पनि कार्यालयले जनाएको छ । जिल्लामा वार्षिक १ करोड १५ लाख रुपियाँको औषधि आवश्यक पर्ने भए पनि ४५ लाख रुपियाँ मात्रै औषधि खरिदका लागि निकासा भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख प्रमोद यादवले बताए । रकम अभावले माग अनुसार औषधि खरिद गर्न नसकिएको उनले जानकारी दिए ।
हरेक वर्ष निःशुल्क रूपमा वितरण गर्नुपर्ने औषधि खरिदका लागि केन्द्रबाट आउने रकम कम हुने गरेको छ । कार्यालयका अनुसार औषधि खरिदको प्रक्रिया समेत झन्झटिलो हुँदा औषधिको अभाव सिर्जना हुने गरेको छ ।
अहिले ४० प्रकारका औषधि खरिद गरी स्वास्थ्य संस्थामा वितरण भए पनि अन्य औषधि जिल्लामा नहुँदा बिरामीले निजी क्लिनिकबाट खरिद गर्नु पर्ने बाध्यता छ ।
गाउँका स्वास्थ्य संस्थामा औषधि नहुँदा नागरिकले पाउने निशुल्क औषधि खरिद गर्नु पर्ने बाध्यता रहेको रगनीका मेघराज घिमिरेले बताए । स्वास्थ्य चौकी, क्लिनिक, प्राथमिक स्वास्थ्य केन्द्र गरी जिल्लाभर ५६ वटा सरकारी स्वास्थ्य संस्था रहेका छन् ।
शिवप्रसाद ढुङ्गाना
सम्बन्धित समाचारहरू
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…
जातीय विभेद घटनाका आरोपितद्वय गिरफ्तार
मेचीनगर नगरपालिका-१० की ३६ वर्षीया रञ्जु विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । जातीय विभेद गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-१० की ४७ वर्षीया मैयाँ दाहाल…