औषधि अभाव हुँदा बिरामी मर्कामा
रोल्पा जिल्ला अस्पताललगायत जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ । सरकारले निःशुल्क दिने भनिएका औषधि पनि स्वास्थ्य संस्थामा छैनन् ।
केही दिन यता जिल्ला अस्पताललगायत प्रायः सबै स्वास्थ्य संस्थामा ज्वरोका बिरामीको चाप छ । तर, जिल्ला अस्पतालमा नै ज्वरो आएका बिरामीलाई खुवाइने सिटामोलसमेत छैन । बिरामी हुनेमा बालबालिकाको सङ्ख्या धेरै छ । तर, उनीहरूलाई आवश्यक पर्ने झोल औषधिमा सिटामोल नहुँदा थप समस्या परेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेब कुलबहादुर डाँगीले बताए ।
अस्पतालको स्टोरका कर्मचारीलाई जानकारी गराएको भएता पनि प्रशासनको लापरबाहीका कारण स्टोरमा पनि धेरै औषधि सकिन थालेको आरोप छ । झोलका सिटामोल पनि नभएको जिल्ला स्वास्थ्य कार्यालयका स्टोरकिपर मनिराम बुढाले जानकारी दिए ।
तर, औषधि सप्लाईको सबै जिम्मा नगरपालिका र गाउँपालिकाको भन्दै अस्पतालको समस्या पनि उनैले हेर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्माको भनाई छ ।
जिल्ला अस्पताल रोल्पासँगै थबाङ, लुङ्ग्री, सुकिदह, सुनछहरी, सुवर्णावतीलगायत गाउँपालिकाका स्वास्थ्य संस्थामा पनि औषधि अभाव हुँदा वर्षायाममा हुनसक्ने सम्भावित महामारीबाट रोल्पाली जनता जोखिममा रहेका छन् ।
माधवकुमार ओली
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका-९ का २० वर्षीय महेश तोलङ्गेलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते धुलिखेलको एक…
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया दुई जना र १७ वर्षीया एक जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तनहुँ नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९, नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालिका २५…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अजिरकोट गाउँपालिका– ५ का ३१ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर १५ गते यौन…
हत्या घटनाका आरोपित गिरफ्तार
मध्यविन्दु नगरपालिका– १० का ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा ३५ वर्षीय छोरा रुपेश दराईलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । होमबहादुरलाई २०८० मङ्सिर १६ गते साँझ…
बिना कसुर थुनामा राखेको भन्दै हिरासतभित्रै अनशनमा
सहकारीको रकम अपचलन गरेको आरोपमा गिरफ्तार परी अनुसन्धानमा रहनुभएका लमजुङको कालिका सहकारीका सञ्चालक समितिका सदस्य मिलन शर्मा दनाई आफूलाई बिना कसुर थुनामा राखेको भन्दै मङ्सिर १५ गते बिहान ५ बजेबाट…