औषधि अभावका कारण कारागारका कैदी बन्दीहरू समस्यामा
चौतारा साँगाचोकगढी नपा-५ स्थित जिल्ला कारागारमा रहेका कैदी बन्दीहरू औषधि अभावका कारण समस्यामा परेका छन् ।
कारागारको हालको भवन नौ जना महिला राख्न निर्माण भएको थियो । तर त्यस भवनमा ९५ जना बन्दी सहित १ सय ३८ जना पुरुष राखिएको छ । कारागार भित्र १५ जना नियमित औषधि सेवन गर्ने दिर्घ रोगीहरू रहेका छन् । यसैगरी अन्य औषधिहरू पनि अभाव भएको कारागारका स्वास्थ्यकर्मी निरजराम दमाईले बताउनु भयो ।
कारागारमा रिक्त रहेकाे स्वास्थ्यकर्मीको दरबन्दीमा दुई महिना अघिमात्र आउनु भएका दमाईले कारागारका कैदी बन्दीहरूको स्वास्थ्यमा सुधार ल्याउने प्रयास औषधि अभावले सम्भव नभएको बताउनु भयो ।
चौतारा कारागारमा स्वास्थ्यकर्मीको अभावले कैदी बन्दीहरूको स्वास्थ्यमा समस्या भन्ने शीर्षकमा इन्सेक अनलाइनमा पटक पटक समाचार प्रकाशित समेत भएको थियो । त्यसैगरी जिल्ला स्थित विभिन्न कार्यक्रमहरूमा इन्सेक प्रतिनिधिले चौतारा जेलमा रिक्त स्वास्थ्यकर्मीको दरबन्दी तत्काल पूर्ति गर्न समेत अपिल गर्नु भएको थियो । इन्सेकको पटक पटकको पहल र आवाजले स्वास्थ्यकर्मीको पद पूर्ति भए पनि हाल आएर औषधिको अभाव हुँदा कैदी बन्दीहरू समस्या परेका छन् ।
यस वर्ष बजेट कम भएका कारण औषधि खरिद गर्न समस्या भएको जेलर रामबहादुर सार्कीले बताउनु भयो । जेलर सार्कीका अनुसार यस चालु आर्थिक वर्षको लागि १ लाख ५० हजार रूपियाँ बजेट औषिध खरिदका लागि थियो । आउने आर्थिक वर्षका लागि बजेट थप गर्न माग गरेर पठाइएको छ ।
क्षमता भन्दा बढी कैदी बन्दी राखिएका कारणले उनीहरूको स्वास्थ्यमा विभिन्न समस्या आउने गरेको कारागारका चौकीदार भिमबहादुर बस्नेतले बताउनु भयो । चौकीदार बस्नेतका अनुसार कारागारमा स्वास्थ्यकर्मीको व्यवस्था भए पनि औषधि अभावले कैदी बन्दीहरूको स्वास्थ्यमा सुधार हुन सकेन ।
नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकारको सुनिश्चिता गरिएको भए पनि चौतारा कारागारमा औषधि अभाव हुँदा कैदी बन्दीहरू समस्या भोग्न बाध्य छन् ।
नातिबाबु धिताल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…