ओखलढुङ्गाको कारागारमा पिउने पानीको अभाव हुँदा कैदीबन्दी मर्कामा
ओखलढुङ्गाको कारागारमा खानेपानीको अभाव हुँदा कैदीबन्दीले स्वच्छ पिउने पानीबाट वञ्चित भएका छन् । खानेपानी नियमित आपूर्ति नहुँदा पिउने पानीको अभाव हुने गरेको कैदीबन्दीले गुनासो गरेका छन् ।
कैदीबन्दीले पिउने पानी अभाव रहेको, वर्षामा पानी चुहिने र जीर्ण भवनमा जोखिमपूर्ण तरिकाले बस्नु परेको गुनासो गरेका हुन् ।
सञ्चारकर्मी, इन्सेक प्रतिनिधि, सरकारी अधिकारीसहितको टोलीले वैशाख २१ गते कारागार अनुगमन गर्ने क्रममा कैदीबन्दीले सो गुनासो गरेका हुन् ।
अनुगमनका क्रममा कैदीबन्दीहरूले स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी नभएको, राज्यले दिने 'सिदा'ले नपुगेको र साँगुरो ठाउँमा खापा लगाएर कोचिएर बस्नु परेको गुनासो गरेका थिए ।
०४५ सालमा पाँच जना महिला र २० जना पुरुष गरी २५ जना क्षमता भएको कारागारमा अहिले पुरुषतर्फ ५१ र महिला ६ जना कैदीबन्दी रहेका छन् ।
अनुगमनपछि कैदीबन्दीसँग कारागारका समस्याबारे छलफल गरिएको थियो । छलफलमा कैदीबन्दीले शौचालय दुई वटा मात्र भएकाले शौच गर्न समस्या भएको, मेस तथा सामान्य अभ्यास गर्नका लागि ठाउँ अभाव भएको गुनासो राखेका थिए ।
अनुगमन टोलीले कारागार प्रशासनलाई स्थानीय स्तरमा हुनसक्ने सुधार गर्न आग्रह गरेको जेलर टङ्क रम्तेलले बताए ।
अनुगमनबाट देखिएका समस्या समाधान गर्न सिफारिस गरिने अनुगमन टोलीका सदस्य नुमराज खनालले जानकारी दिए ।
महान्यायधीवक्ताको कार्यालयबाट उच्च स्तरको अनुगमन गरेर कारागारलाई सुधार गृहका रुपमा विकास गर्न सिफरिस गरिने उनले बताए ।
शिवप्रसाद ढुङ्गाना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–८, बस्ने २८ वर्षीय वीरबहादुर केसीलाई गिरफ्तार गरेको छ । पीडित बालकलाई ०८१ माघ ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीय युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गैँडाकोट नगरपालिका–२ का २९ वर्षीय आशिष गुरुङलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको ०८१ माघ ९ गतेको…