एसिड प्रहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–३ की २६ वर्षीया विन्दवासिनी कंसाकारलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले भारत महाराजगञ्ज अमरपुर्वन–६ का ३२ वर्षीय राज भनिने दिलिपराज केशरीलाई कात्तिक १४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई विवाह प्रस्ताव अस्वीकार गरेको भन्दै आरोपितले ०७० वैशाख ९ गते एसिड प्रहार गरेका थिए ।
आरोपितलाई प्रहरीले साढे ६ वर्ष पछि बाराको भलोहीबाट गिरफ्तार गरेको र यसभन्दा पहिला आरोपित भरतमा लुक्दै बसेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी विकासराज खनालले बताए ।
पीडित महिलामाथि एसिड प्रहार गरी घाइते बनाएर फरार रहेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध ०७० वैशाख ९ गते नै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएको थियो ।
उक्त उजुरीका आधारमा फरार आरोपितको खोजी भइरहेको अवस्थामा बारा प्रहरीले आरोपितलाई गिरफ्तार गरी काक्तिक १५ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई बुझाइ अरोपितलाइ कात्तिक १५ गते नै पत्रकार सम्मेलन गरी सर्वजनिक गरिएको उक्त कार्यालयका डिएसपी यज्ञप्रसाद भट्टराईले बताए ।
आरोपितलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नम्बर अनुसार ५ वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान रहेको पनि डिएसपी भट्टराइले बताए ।
पत्रकार सम्मेलनमा पीडीत महिलाले ढिलै भएपनि प्रहरीले आरोपितलाई गिरफ्तार गरी कानुनको दायरामा ल्याएकाले आफूले न्यायको अनुभूति गरेको बताइन् ।
एसिड प्रहारका कारण अनुहार जलेकी पीडितको नेपालबाहेक भारतमा गएर समेत उपचार गरिएको र अझैपनि उपचारकै क्रममा रहेको पीडितले बताइन् ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…