एसिड प्रहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–३ की २६ वर्षीया विन्दावासिनी कंसाकारलाई एसिड प्रहार भएको घटनाका आरोपित हेटौँडा उमनपा–२ का २८ वर्षीय सञ्जय मण्डललाई प्रहरीले कात्तिक २३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई विवाह प्रस्ताव अस्वीकार गरेको भन्दै कंसाकारलाई एसिड प्रहार गर्ने मुख्य आरोपित दिलिपराज केशरीलाई सहयोग गरेको अभियोग (मतियार)मा प्रहरीले मण्डललाई हेटौँडा उमनपा–४ फरेष्ट्रिबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए ।
आरोपित मण्डलले एसिड प्रहार गर्ने केशरीलाई मोटरसाइकलमा राखेर भगाएको आरोप छ । मण्डललाई थप अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
यसअघि एसिड प्रहार घटनाका मुख्य आरोपित भारत महाराजगञ्ज अमरपुर्वन–६ का ३२ वर्षीय राज भनिने दिलिपराज केशरीलाई कात्तिक १४ गते गिरफ्तार गरेको थियो ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
अपाङ्गमैत्री संरचनाको अभावका कारण सास्ती खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिको गुनासो
राज्यले निर्माण गर्ने संरचनाहरु आपाङ्मैत्री नहुँदा र आपाङ्गता भएका व्यक्तिहरु राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरेकोले अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती खेप्नुपरेको छ । राज्यबाट आफूहरू अपहेलनामा परेको अपाङ्गता भएका व्यक्तिहरुले…
डायलासिस सेवा सञ्चालन नगरिदा बिरामीलाई सास्ती
सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा नआउँदा बिरामीले सास्ती भोग्नु परेको छ । मृर्गौला रोगबाट पीडित बिरामीका लागि अस्पतालले दुई वर्ष पहिले उपकरण खरिद गरेको…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१६ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिरहा जिल्ला, सखुवानान्कारकट्टी-५ स्थायी घर भइ लिम्चुङबुङ गाउँपालिका-३ बाराहामा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय अमितकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको…
द्वन्द्वकालमा यातना पाएकाले मानसिक समस्याको औषधि नियमित सेवन गर्दै
सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट…
एम्बुलेन्स चालकमाथि कुटपिट
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि कुटपिट गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते कुटपिट गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी गाउँपालिका-६ का…