एसिड प्रहार गरेको घटनाका आरोपित पतिविरुद्ध उजुरी

  ०७८ जेठ ३० गते

चन्द्रपुर नपा—४ चन्द्रनिगाहपुरकी ३७ वर्षीया दिपिका बिकलाई ४२ वर्षीय पति दिपक बिकले जेठ २९ गते राति एसिड प्रहार गरी घाइते बनाएको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय चन्द्रनिगहापुुरमा जेठ ३० गते उजुरी दर्ता गराउनु भएको छ ।

घरमा बसिरहेको बेला पति दिपक बाहिर कामबाट घर आएको र सो अवस्थामा पीडितले ‘म थाकेकी छु । एकछिन सुत्छु । मलाई नउठाउनु है !’ भन्दै सुत्न लाग्दा एक्कासी आवेगमा आएर आरोपितले ‘तँलाई मार्छु’ भन्दै प्रहार गरेको एसिड अनुहार, हात र जीउमा परेर घाइते भएको पीडितले बताउनु भयो ।

यसअघि पनि झैझगडा भइरहने र पटकपटक एसिड हालेर मार्छु भनी धम्की दिने गरेको पीडितको आरोप छ ।

आरोपितलाई घटना भएलगत्तै मौखिक उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगहापुरले गिरफ्तार गरेको डिएसपी लिलाराज लामिछानेले बताउनु भयो ।

आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय चन्द्रनिगहापुरमा एसिड प्रहार गरी शरिरमा क्षति पु¥याएको शीर्षकमा उजुरी दर्ता भएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी लामिछानेले बताउनु भयो ।

पीडितको उपचार एपोलो अस्पताल चन्द्रनिगाहपुरमा भइरहेको छ ।


कोपिला तिमल्सिना