एसईई परीक्षार्थी छात्राको हत्या घटनाका आरोपित गिरफ्तार
पञ्चपुरी नपा-३ की १८ वर्षीया गौरीकला रोकायको हत्यामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी ३२ वर्षीय हरि कोइराला र पञ्चपुरी नपा-५ का स्थानीयबासी ३० वर्षीय लक्ष्मी बास्तोलालाई प्रहरीले चैत १३ गते गिरफ्तार गरेको छ ।
पञ्चपुरी नपा-३ बाबियाचौरस्थित डेरामा चैत १३ गते बिहान गौरीकला मृत अवस्थामा भेटिएकी थिइन् । गौरी सूर्यप्रकाश मावि पलैंटेकी एसर्इई परीक्षार्थी हुन् । उनको टाउकोको बाँया भागमा र गोडामा चोट लागेको छ । अबेरसम्म ढोका नखुलेपछि छिमेकीले प्रहरीलाई खबर गरेपछि उनी बसेको ढोका खोल्दा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्या हुन सक्ने अनुमान गरेको थियो । 'खाटमा पल्टिएको अवस्थामा मृत्यु भएको रहेछ । टाउकोमा चोटपटक पनि थियो ।'-जिल्ला प्रहरी कार्यालयका एसपी उमाप्रसाद चर्तुवेदीले भने-'बाहिर कुटपिट गरेर घाइते वा मृत अवस्थामा डेरामा लिएर छाडिएको हुनुपर्छ ।' एसपी चर्तुवेदीले घटनालाई प्रहरीले गम्भीरताका साथ अनुसन्धान गरिरहेको बताए । पोष्टमार्टमपछि अनुसन्धानमा सहज हुने उनले बताए । शवको पोष्टमार्टम चैत १४ गते गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।
आरोपितले गौरीकलालाई चैत १२ गते राति ९ बजे कोठाबाट बाहिर लगेको र सोही दिन राति १/२ बजे कोठामा पुर्याई छाडेको जनाइएको छ । मृतकका परिवारले हत्या भएको भन्दै प्रभावकारी अनुसन्धान गरी कारबाही अघि बढाउन अनुरोध गरेका छन् ।
दुर्गा थापा
सम्बन्धित समाचारहरू
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भारतको सिद्धार्थनगर जिल्ला वेदबरिया ग्राम उत्तर प्रदेशका २० वर्षीय दिपक पासी विरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमा ०८१ माघ ७ गते उजुरी दर्ता भएको छ…