एसईईमा कम नम्बर दिएको आरोपमा शिक्षकमाथि कुटपिट
सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अङ्ग्रेजी विषयका शिक्षक चित्रबहादुर भण्डारीमाथि एसईईमा कम नम्बर दिएको आरोपमा ०७७ भदौ १५ गते कुटपिट भएको छ ।
विद्यालयका एसईईमा सहभागी एक छात्रा सहितका ६ जना विद्यार्थीहरूले कार्यालयमा आई प्रधानाध्यापक सुनुवारलाई मुखमा मुक्काले हिर्काएको र अर्का शिक्षक भण्डारीलाई लछारपछार गरेका शिक्षक झलक दाहालले बताउनु भयो । रिजल्टमा सी ग्रेड आएको र रोजेको विषय पढ्न नपाएको भन्दै एसईईमा सहभागी विद्यार्थीहरूले प्रधानाध्यापक तथा अङ्ग्रेजी विषयका शिक्षकलाई कुटपिट गरेको शिक्षक दाहालले बताउनुभयो ।
विद्यार्थीहरूको कुटपिटबाट प्रधानाध्यापक सुनुवारको मुखमा चोट लागेको छ । अर्का शिक्षक भण्डारीको जिउमा निलडाम छ । घाइते दुबै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।
घटनापछि विद्यालयका शिक्षक कर्मचारीहरूको बैठकले सुरक्षाको माग गर्दै अनिश्चितकालीन विद्यालय बन्द गरेका छन् ।
विद्यालयबाट ६० जना एसईईमा सहभागीमध्ये नौ जनाको नतिजा सी ग्रेड आएको र तीनै मध्येका ६ जनाले कुटपिट गरेको बताइएको छ । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा मौखिक जानकारी आएको तर उजुरी नआएको डिएसपी श्यामबहादुर खत्रीले बताउनु भयो ।
शिक्षकका सङ्घ सङ्गठनहरूले घटना निन्दनीय भएको र दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
बिमला पाण्डे
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाईे बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका– १ का अध्यक्ष ३५ वर्षीय सरदसिंह नेगी र सोही ठाउँका ४० वर्षीय केशबसिंह नेगीलाई असार १४ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–७ का ३० वर्षीय देबकुमार रामलाई असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ११ गते बलात्कार गरेको भन्दै…
प्रधानाध्यापकलाई मोसो दलेर दुर्व्यवहार, घटनाका आरोपितविरूद्ध उजुरी
कमला नगरपालिका–३ निवासी औरही गाउँपालिका–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहीयाका प्रधानाध्यापक ३४ वर्षीय मदनकुमार महरालाई असार ११ गते विद्यालयको परिसरमा मोसो दलेर दुर्व्यवहार व्यवहार गरेको आरोपित औरही गाउँपालिका–१ बस्ने…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले पटेर्वा सुगौली गाउँपालिका–१ गदीयानी टोलका ५० वर्षीय जादु राउत गद्धीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार १४ गते उजुरी दिएको छ । पीडित बालिकालाई…
यौन दुर्व्यवहार घटनाका कसुरदार गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा प्रहरीले सुरूङ्गा नगरपालिका–४ मधुपट्टीका ३० वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई असार १४ गते गिरफ्तार गरेको छ । गाउँघरमा लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरी…