एशियामा बलपूर्वक बेपत्ताः चुनौती र समाधानका उपायसम्बन्धी कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एड्भोकसी फोरमको संयुक्त आयोजनामा एशियामा बलपूर्वक बेपत्ताः प्रचलित कानुन, चुनौती तथा समाधानका उपाय विषयक दुई दिने कार्यशाला जेठ १४ गते ललितपुरमा सकिएको छ ।
कार्यशालामा एशिया तथा दक्षिण अमेरिकी देशका २० जना प्रतिनिधि, संयुक्त राष्ट्रसङ्घको बलपूर्वक बेपत्तासम्बन्धी समितिका उपाध्यक्ष रेनर हृयुले, सशस्त्र द्वन्द्व पीडित, नेपालका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यशालामा विभिन्न देशका विज्ञहरूले सम्बन्धित राष्ट्रको बेपत्तासम्बन्धी कानुनको विद्यमान अवस्था तथा बेपत्ता पारिएका घटनाका सन्दर्भमा आआफ्ना अनुभव सुनाएका थिए ।

जेठ १३ गते कार्यक्रमको उद्घाटन समारोहमा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले द्वन्द्वबाट शान्ति मार्गमा लम्किरहेको नेपालमा द्वन्द्व पीडितहरूलाई न्याय र परिपूरणको व्यवस्था सरकारको प्राथमिकतामा रहेको बताएका थिए ।
उनले न्याय र परिपूरणमार्फत गम्भीर घटनामा कारबाही र अन्य घटनाको सत्य, तथ्य, सहित परिपूरणले पीडितको पीडामा मल्हमपट्टि लाग्ने विश्वास व्यक्त गरेका थिए ।
बलपूर्वक बेपत्तासम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिका उपाध्यक्ष रेनर हृयुलेले विगत ४० वर्षदेखिको सङ्र्घषबाट मानव अधिकारकर्मीहरूको सहयोगमा बलपूर्वक बेपत्तासम्बन्धी महासन्धि बनेको बताउँदै यसमा हस्ताक्षर गर्न नेपाल सरकारलाई अनुरोध गरे ।
संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि भेलरी जुलियाण्डले वर्षौँदेखि बेपत्ता व्यक्तिको अवस्था थाहा पाउन नसकेर छट्पटाइ रहेका नागरिकको अधिकारको प्रत्याभूति गर्नु राज्यको दायित्व रहेको बताइन् ।
एड्भोकेसी फोरमकी संस्थापक अध्यक्ष अधिवक्ता मन्दिरा शर्माले जबरजस्ती बेपत्ता पारिएका मानिसहरूका बारेमा सरकारले परिणाममुखी काम गर्नुपर्नेमा जोड दिइन् ।
कार्यशालाका सहभागीहरूले सशक्त फौजदारी न्यायिक संस्था र न्यायिक शक्तिको अभावमा, बलपूर्वक बेपत्ता परिने कार्य संसारभर लगातार चलिरहेको, दुई दशकको अवधिमा एशिया महादेशमा कानुनी शासनको अभाव भएको आरोप लगाए ।
उनीहरूले बढ्दो दण्डहीनता, गरिबी, सामाजिक अन्याय, अधिनायकवादी शासन प्रणाली, स्वतन्त्रताको सङ्घर्ष युद्ध तथा आतङ्कवादका कारण बेपत्ता पारिने घटनाहरू बढ्दै गएको बारेमा विस्तृत छलफल गरेका थिए ।
यसैगरी, कार्यशाला गोष्ठीमा संयुक्त राष्ट्रसङ्घद्वारा जारी गरिएको बलपूर्वक बेपत्तासम्बन्धी महासन्धिको बारेमा नेपाल तथा एशियाली राष्ट्रका नागरिक समाज संस्थाका प्रतिनिधिसँग छलफल भएको थियो ।
बेपत्ता पारिएका व्यक्तिका क्षेत्रमा काम गर्ने सङ्घसंस्था बीच हुने सहमतिले उनीहरूको खोजी गर्न सहयोगी हुने कार्यशालाका सहभागीले अपेक्षा गरेका छन् ।
कार्यशालाका सहभागीहरूले नेपाल तथा एशियाली सरकारहरूसँग एशियाली राष्ट्रलाई बलपूर्वक बेपत्तासम्बन्धी महासन्धि अनुमोदन गर्न माग गर्ने बताए ।
सहभागीहरूले बलपूर्वक बेपत्ता पार्ने कार्यविरूद्ध राज्यको जबाफदेहिता अभिवृद्धि गर्न दबाब तथा जागरणका लागि नागरिक संस्थाको सहकार्य सुदृढ गर्न कार्यशाला फलदायी भएको बताए ।
बलपूर्वक बेपत्तालाई सम्बोधन गर्ने कानुन तर्जुमा, विश्वसनीय प्रकृया, निष्पक्ष, सक्षम आयोगजस्ता आवश्यक उपायहरू अविलम्वन गरी पीडितको सरोकार सम्बोधन गर्न कार्यशालाका सहभागीहरूले माग गरेका छन् ।
दीपकप्रसाद घिमिरे
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…