एम्बुलेन्स मर्मत नहुँदा ग्रामीण क्षेत्रका बिरामीलाई समस्या
मर्मतका लागि आर्थिक अभाव भएपछि पर्वतको फलेवास नपा-११ पाङराङ स्वास्थ्य चौकीमा प्रदान गरिएको एम्बुलेन्स ६ महिनादेखि स्वास्थ्य चौकी परिसरमै थन्किएको छ । एम्बुलेन्सले सेवा प्रदान नगरेपछि करिब डेढ वर्षअघि गाउँमा एम्बुलेन्स भित्रिँदा हर्षित पाङराङलगायत सो क्षेत्रका सर्वसाधारण अहिले निरास छन् ।
ग्रामीण क्षेत्रको कच्ची सडकमा करिब १ वर्षसम्म आकस्मिक बिरामीलाई जिल्ला अस्पतालदेखि पोखरालगायतका अन्य स्वास्थ्य संस्थामा पुर्याउँदै आएको एम्बुलेन्स अहिले स्वास्थ्य चौकीमा नै थलिएको छ ।
सो एम्बुलेन्स तत्कालीन सभासद् विकास लम्सालले संसद विकास कोषको रकमबाट स्वास्थ चौकीलाई प्रदान गरेका थिए । गाउँमा रहेको एम्बुलेन्सबाट सेवा नपाएपछि पाङराङ र आसपास वडाका बिरामीले दिउँसोको समयमा सार्वजनिक सवारीसाधन र रातमा बिरामी बोकेर करिब पाँच घण्टा लामो बाटो पैदलै सदरमुकाम कुश्मासम्म पुग्नु पर्ने बाध्यता भोग्दै आएका छन् ।
सो वडाका वडाध्यक्ष शेरबहादुर सुनारले एम्बुलेन्स मर्मतका लागि नगरपालिकाबाट बजेट विनियोजन नभएकाले मर्मत गर्न नसकिएको प्रतिक्रिया दिए ।
मर्मतका लागि नगरपालिकामा माग गरिएको र नगरपालिकाले बजेटको साटो आश्वासन मात्रै दिएको उनको आरोप छ । तर, पछिल्लो समयमा एम्बुलेन्सको स्वामित्व एम्बुलेन्स सञ्चालक समिति वा वडा कार्यालयले लिने भन्नेमा समेत विवाद भएकाले एम्बुलेन्स अलपत्र परेको स्थानीयको भनाइ छ ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…