एम्बुलेन्स बिग्रिएपछि चार महिनादेखि बिरामीलाई सास्ती
जिल्ला अस्पतालमा रहेको एम्बुलेन्स बिग्रिएको चार महिना बितेपनि बजेट अभावमा मर्मत नहुँदा बिरामीलाई उपचारमा समस्या परेको छ ।
दैनिक जसो बिरामीलाई अस्पताल लैजान र अस्पतालबाट घरसम्म पुर्याउन तथा जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उपचारका लागि जिल्ला बाहिर लैजान सेवा दिँदै आएको एम्बुलेन्स बिग्रिएपछि बिरामीलाई सास्ती भएको छ ।
एम्बुलेन्स अभावमा सार्वजनिक जिपमा महङ्गो भाडा तिरेर बिरामी बोक्नु पर्ने बाध्यता रहेको छ भने सार्वजिनिक जिपमा भनेका समयमा बिरामीलाई नपुर्याईदिने हुँदा बाटोमै बिरामीको ज्यानसमेत गएको छ ।
गत असार महिनामा जिल्ला अस्पताल जाजरकोटको एम्बुलेन्स बिगिीएर नेपालगञ्जस्थित मर्मत सोरुममा राखिएको भएपनि बजेट नहुँदा मर्मत गर्न नसकिएको अस्पताल विकास समिति जाजरकोटका अध्यक्ष धर्मशिला बस्नेतले बताइन् ।
अध्यक्ष बस्नेतले भनिन्–‘अस्पताल स्थानीय तह मातहत रहने की प्रदेश मातहत रहने भन्ने विवादका बिच बजेट कतैबाट पनि प्राप्त हुन नसक्दा समस्या भएको छ । अब प्रदेश सरकार मातहत रहनेगरी तीन ओटा कार्यालयलाई जनस्वास्थ्य, आयुर्वेद र अस्पताल एउटै कार्यालय बनाएपछि केही सहज हुन्छ की !’
चार महिनादेखि जिल्ला अस्पतालको एम्बुलेन्स सञ्चालन नहुँदा सुत्केरी व्यथा लागेका महिला तथा आकस्मिक रूपमा बिरामी भएकाहरूलाई स्ट्रेचर तथा बोकेरै जिल्ला अस्पताल पुर्याउनु पर्ने बाध्यता रहेको नागरिक समाजका संयोजक राजेन्द्रविक्रम शाहले बताए ।
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
आर्थिक अभावले उपचार नपाएका बोहराको चार वर्षदेखि गोठमा बास
घरको आर्थिक अवस्था निकै कमजोर भएर उपचार हुन नसकेका सिमकोट गाउँपालिका–२, ठेहे गाउँका २७ वर्षीय नरेन्द्र बोहरा विगत चार वर्षदेखि गोठमा बस्न बाध्य हुनुभएको छ । आँखा नदेख्ने र हिँड्डुल…
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कारागार व्यवस्थापनमा समस्या उत्पन्न भइ कैदीबन्दीले समस्या भोग्नु परेको छ । कारागारमा कैदीबन्दीका लागि आवश्यक पर्ने…
कोशी प्रदेशका विभिन्न जिल्लामा पानीका मुहान सुक्दै जान थालेपछि बसाईसराइमा वृद्धि
कोशी प्रदेशका तराईसहित पहाडी जिल्लामा पानीका मुहान सुक्नुका साथै वातारणीय सन्तुलनमा समेत समस्या हुन थालेको छ । कोशी प्रदेशमा फैलिएर रहेको चुरे क्षेत्रमा प्राकृतिक दोहनका कारण जलवायु परिर्वतनका रूपमा तम्मर…
चार जनाको भरमा जिल्ला अस्पताल !
जिल्लास्तरीय अस्पताल चार जनाको भारमा मात्रै भनेर झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर, हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पताल अहिले दरबन्दीका चारजनाको भरमा सञ्चालित छ ।…
कर्णाली प्रदेशः घरमै असुरक्षित सुत्केरी गराउँदा अधिकांश महिलाको स्वास्थ्यमा समस्या !
कर्णाली प्रदेशमा घरमै असुरक्षित सुत्केरी गराउँदा अधिकांश महिलाहरूको स्वास्थ्यमा समस्या देखिएको छ । कनकासुन्दरी गाउँपालिका–४, लेकपुर गाउँकी देबु बुढा गत वर्ष घरमै सुत्केरी हुनुभयो । बर्थिङ सेन्टर पुग्न तीन घण्टाको…