एम्बुलेन्स चालकमाथि कुटपिट
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि कुटपिट गरिएको छ ।
सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते कुटपिट गरिएको हो ।
एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी गाउँपालिका-६ का २२ वर्षीय पर्वत राई र सोही ठाउँका २४ वर्षीय समीर राईले ०८१ मङ्सिर १९ गते कुटपिट भएको पीडितको आरोप छ ।
गाउँपालिकाका एम्बुलेन्स चालकलाई सभापोखरी गाउँपालिका-६ स्थित नयाँबस्ती नजिकै कुटपिट भएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईँले बताउनु भयो ।
कुटपिटबाट घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
एम्बुलेन्स चालकमाथि कुटपिट भएपछि कर्मचारीहरूले विज्ञप्ति जारी गरी घटनाको विरोध गरेका छन् ।
पीडित पक्षले कुटपिट घटनाका आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी नदिएको इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले एम्बुलेन्स चालकलाई मानव अधिकार रक्षक भनि परिभाषित गरेको छ ।
भविन कार्की
सम्बन्धित समाचारहरू
ड्युटीमा खटिएका प्रहरी जवानद्वारा आफूमाथि गोली प्रहार गर्दा घाइते
सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल बिष्टले ०८१ माघ ९ गते राति ड्युटीमा रहेको बेला आफैँलाई गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—१५ कनरीका २८ वर्षीय सुरेन्द्र चौधरीलाई ०८१ माघ ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ७ गते बलात्कार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रबिन बराललाई काठमाडौँको थानकोटबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।…
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते हुनुभएको छ । राप्ती ग्यालेक्सी बोडिङ स्कुल लमही नपा–८ मा कार्यरत विज्ञान शिक्षक ३७ वर्षीय सुनिल चौधरीको कुटपिटबाट कक्षा ९ का विद्यार्थी १५ वर्षीय निखिल खड्काको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई माघ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले…