एमाले वडा अध्यक्षका उम्मेदवारमाथि आक्रमण गर्न गएका काङ्ग्रेस कार्यकर्ता गिरफ्तार
शैल्यशिखर नगरपालिका-४ रानिशिखरमा एमाले वडा अध्यक्ष पदका उम्मेदवार धनीदत्त भट्टलाई आक्रमण गर्न गएका चार जना काङ्ग्रेस कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
असार १२ गते राति साढे ११ बजे घरेलु हतियारसहित आक्रमणमा गर्न गएका काङ्ग्रेस कार्यकर्ता अर्जुन महर, दत्तु महर, गङ्गाराम महर र गोपालराम महरलाइ प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको हो ।
उनीहरूलाई प्रहरीले घट्नास्थलबाटै घरेलु हतियार चक्कु, लठ्ठीसहित गिरफ्तार गरिएको मालिकार्जुन मावि काडापारी मतदान केन्द्रमा खटिएका प्रहरी असई विक्रम भुषाले जानकारी दिए । उनीहरूको आक्रमणबाट एमाले उम्मेदवार भट्टका छोरा देवीदत्त भट्ट सामान्य घाइते भएका छन् । भट्टको घुडामा चक्कु प्रहार भएको छ ।
एक ठाउँबाट अर्को ठाउँमा गएर काङ्ग्रेस कार्यकर्ताले उम्मेदवारमाथि आक्रमण गर्ने प्रयास गरेको देखिएको असई भुषालले बताए । 'उनीहरूलाइ नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ ।'-उनले भने ।
यस्तै घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट इन्स्पेक्टर बोधराज ओझाको टोली रानिशिखर गएको छ । घटनाबारे असार १३ गते सर्वदलीय बैठक पनि आह्वान गरिएको भुषालले बताए ।
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…
इन्सेकको पहलमा अस्पतालमा रहेका बिरामीलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई स्वास्थ्य तथा सरसफाइका सामग्री सहयोग गरिएको छ । इन्सेकको पहलमा जिल्ला अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत ११ जना बिरामीलाई ०८१…