एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिचको झडपमा ११ जना घाइते
रुन्टीगढी गाउँपालिका-८ झेनाम मेलटाकुरामा असार १० गते बिहान ५ बजे नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच भएको झडपमा ११ जना घाइते भएका छन् ।
झडपमा परी नेकपा एमालेका रुन्टीगढी गाउँपालिका-८ का वडा सदस्यका उम्मेदवारहरू कृष्णबहादुर बुढा, इन्द्रकुमारी पुन घाइते भएको प्रहरीले जनाएको छ । त्यसैगरी एमाले कार्यकर्ताहरू शान्तराज बुढा, धनकुमार बुढा, दिपक बुढा र हरीप्रसाद बुढा घाइते भएका छन् । नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू कुमार पुन, प्रेम बुढा, कमल बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी रामप्रसाद र्घर्तीले बताए ।
एमालेका कार्यकर्ताहरू चुनाव प्रचारप्रसार गरी असार ९ गते राति स्थानीय रुद्रबहादुर बुढाको घरमा बास बसेका थिए । असार १० गते बिहान छिमेकी कृष्णबहादुर बुढाले एमालेको टोलीले आफ्नो बारीमा 'कुखुराको आन्द्रा' फालेको आरोप लगाएपछि विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ ।
यस्तै कृष्ण बहादुरको घरमा आएकी विवाहित छोरी मनरुपा कवँर र कृष्णका छोरा भरत बुढासमेत घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
रुन्टीगढी गाउँपालिका निर्वाचन कार्यालयले उक्त गाउँपालिकाका कार्यकारी अधिकृत शर्मिला न्यौपानेको नेतृत्वमा गठन गरेको निर्वाचन समन्वय समितिले असार १० गते दुवै पक्षलाई आगामी दिनमा यस्ता गतिविधि नगर्ने सहमति गराएको छ ।
माधवकुमार ओली
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…