एमाले र माओवादी कार्यकर्ताबीच झडप, तीन जना घाइते

  ०७९ असोज १६ गते

नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच हरिवन नगरपालिका–११ स्थित पाडा बजारमा असोज १५ गते झडप हुँदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा एमालेका हरिवन नगरपालिका–११ का ३२ वर्षीय शेष बच्चु, ३१ वर्षीय साम बहादुर र माओवादीका कार्यकर्ता सोही ठाउँका २९ वर्षीय शेष इस्तीयार घाइते भएका हुन् ।

घाइते उनीहरुको हरिवन सामुदायिक अस्पतालमा सामान्य उपचार गरी घाइते मध्ये शेष बच्चुलाई थप उपचारका लागि काठमाडौँ र शेष इस्तीयारलाई वीरगन्ज लगिएको शेष बच्चुका काका शेष एमकाजले बताउनु भयो ।

हरिवन नगरपालिका–११ म राजनीतिक विषयमा विवाद भई झडप हुँदा तत्कालै इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर मुकेश ताम्राकारको कमाण्डरमा प्रहरी टोली परिचालन गरी ठूलो क्षति हुनबाट जोगाइएको हरिवन सशस्त्र प्रहरीका डिएसपी सुशिल श्रेष्ठले जानकारी दिनु भयो ।

हरिवन नगरपालिका–११ स्थित पाडा बजारमा भएको झडप नियन्त्रण गर्न प्रहरीले दुई सेल अश्रु ग्याँस प्रहार गरेको र अश्रु ग्याँस प्रहार गरेपछि भिड तित्तरबित्तर भई स्थिति सामान्य भएको इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर मुकेश ताम्राकारले जानकारी दिनु भयो ।

प्रहरीले झडप घटनामा संलग्न रहेको आरोपमा हरिवन नगरपालिका–११ का ३४ वर्षीय शेख समसादलाई गिरफ्तार गरेको छ ।
बजारमा कौडी उठाउने विषयलाई लिएर एमाले र माओवादीका कार्यकर्ताहरुले राजनीतिक ‘इसु’ बनाइ रहेको इन्स्पेक्टर ताम्रकारले जानकारी दिनु भयो ।


बुधन साह