एमाले र गठबन्धनका कार्यकर्ताबिच झडप हुँदा एक जना घाइते

  ०७९ वैशाख ३१ गते

खत्याड गाउँपालिका–७ राउतडी बजारमा नेकपा एमाले र नेपाली कांग्रेस तथा माओवादी का कार्यकर्ताबिच वैशाख ३१ गते झडप हुँदा माओवादीका जिल्ला सचिवालय सदस्य ४० वर्षीय कालीबहादुर रावल घाइते हुनुभएको छ ।

वैशाख ३० गते खत्याड गाउँपालिका–४ का एमाले कार्यकर्ता कालीबहादुर रावलको टोलीलाई कुटपिट गरेको आरोपमा दिउँसो २ बजे दुई पक्षबिच झडप हुुँदा रावलको टाउकोमा चोट लागेर घाइते भएको खत्याड गाँउपालिका–८ का विष्णु रावतले जानकारी दिनु भयो ।

घाइते रावललाई उपचारका लागि रातापानीमा रहेको प्रथामिक स्वास्थ्य केन्द्रमा लगिएको जानकारी आएको जिल्ला प्रहरी कार्यलयका डिएसपी सुभाष हमालले बताउनु भयो ।


जीवन सेजुवाल